साउन १५ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०८२, बिहीबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ साउन १५ गते बिहीबार ई.सं. २०२५ जुलाई ३१ नेपाल सम्बत ११४५ गुलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल सप्तमी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, साध्य योग, गर करण । आज बिहान ०५ बजेर २६ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५३ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मिश्रित फलदायी दिन छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । तर, इमानदार प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन नसकिने देखिन्छ । आजको दिन सवारीसाधनको प्रयोगमा अघिपछिको तुलनामा विशेष सावधानी अपनाउनु उचित हुनेछ । चोटपटकको योग भएकोले सावधानी अपनाउनु हितकर होला । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनसक्छ । खेलकूदका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): इर्ष्यालुजनले काममा अवरोध गर्नसक्ने समय भएपनि रुचिका विषयमा लगानी बढाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने देखिन्छ । अनुकूलता वृद्धि भइ रोकिएको काम पुनः अघि बढ्नेछ । समस्याको अवस्थामा मित्रको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको भाव जागृत होला । बौद्धिक र रचनात्मक कार्य पनि सार्थक रहनेछ । पारिवारिक समस्या समाधान हुनाले उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): श्रद्धा र परोपकारमा मन जानेछ भने परिवारजनको साथले काममा उत्साह जगाउला । तर, सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यमा सामान्य कमजोरीको अनुभव होला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय रहनेछ । सामाजिक क्रियाकलापमा मन जानेछ, जसले प्रतिष्ठाको माहोल सिर्जना गर्ला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । महत्वपूर्ण योजनाको कार्यान्वयनमा ढिलासुस्तीको योग रहेकोले हालका लागि थाती राख्नु उचित होला । अप्रिय समाचारले दुःखी बनाउन सक्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । साथीसंगीको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापप्रति आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष आकर्षण र सफलता मिल्ने समय छ । पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा मन जाला । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने येग छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला । पढाइलेखाइमा खासै जाँगर चल्ने देखिन्न । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खनु उचित हुनेछ । रसरागको भाव जागृत हुनेछ । विपरीतलिंगीको साथ–सहयोग रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पछिसम्म लाभ मिल्ने काममा लगानी गर्ने अवसर प्राप्त हुने समय छ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने योग छ । विभिन्न सहयोग र उपहार पाइएला । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान समेत पाइएला । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीसंगतको सहयोगका कारण पराक्रम वृद्धि हुनेछ । आफन्तजनबाट प्रशंसा मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय भएपनि काममा खासै जाँगर नलाग्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । अनावश्यक भ्रमणमा समय खेर जानसक्छ । निकटका मित्रहरूको सहयोगले काममा उत्साह जगाउने र रोकिएका काम बन्ने योग रहेकोले सहयोगीजनको साथ लिने प्रयत्न गर्नु उचित होला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्ने योग छ । पराक्रम वृद्धि भइ प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । कृषिकार्यमा जोखिम बढ्नेछ । आरोग्यबल बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सानातिना काम र घरेलु समस्यामा अल्झिनुपर्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । तथापि, पहिलेदेखि रोकिएका काम बन्नाले उत्साह जाग्ने योग छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि जागृत होला । महत्वपूर्ण कार्य चिताएको काम सम्पादन नहुन सक्छ । आफू कमजोर भएको अनुभूति हुनसक्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखसुविधाको वस्तुमा खर्च हुनसक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कामको चापबाट पनि फुर्सद पाइने र रमाइलो यात्रा गर्ने अवसर जुट्ने दिन छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा भयका बाबजुद विभिन्न अवसरले पछ्याउनेछन् । बोली र ब्यक्तित्वको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । दामपत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । आवश्यकताअनुसार सामथ्र्य भने वृद्धि हुनेछ । तथापि, काम पूरा नहुनाले मन खिन्न रहनसक्छ । आफन्त तथा नजिकका साथीभाइ टाढिने योग छ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्न सक्छ । साझेदारीको काममा भने आंशिक सफलता मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्