आज मिति वि.सं. २०८२ साउन ०९ गते शुक्रबार ई.सं. २०२५ जुलाई २५ नेपाल सम्बत ११४५ गुलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल प्रतिपदा, चन्द्रमा कर्कट राशिमा,पुष्य नक्षत्र, वज्र योग, किस्तुघ्र करण । आज बिहान ०५ बजेर २३ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५७ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने दिन छ । ज्यादा समय अरूका काममा बित्न सक्छ । महत्वपूर्ण कार्य अधुरै रहनाले मन खिन्न रहला । अनावश्यक भ्रमणमा समय बित्ने योग छ । स्वास्थ्यगत समस्याले पनि सताउने सम्भावना रहेकोले सजगता अपनाउनु हितकर होला । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । साथी–संगीसँगको जमघटमा मिष्ठान्न भोजनको आनन्द पाइएला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन आर्थिक मामलामा आंशिक सफलताको सम्भावना रहेपनि सानातिना काम तथा घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने योग छ । मेहनतअनुसार फाइदा कमै होला । लेनदेनमा विवाद हुने सम्भावना छ । विगतका समस्या बल्झिन सक्छन् । बौद्धिक काममा भने सफलता मिल्ने देखिन्छ । यात्रापरक काम बन्नेछ भने आफन्तको साथले उत्साह जगाउनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय खासै अनुकुल नरहने देखिन्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ला । शुभचिन्तकहरूको सुझावलाई शिरोपर गरेर अघि बढ्न खोज्नु हितकर हुनेछ । त्यसै-त्यसै आफू कमजोर भएको अनुभूति होला । मेहनतअनुसार कमै फाइदा मिल्ने अर्थात् ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहुने परिस्थिति रहन सक्छ । प्रतिकुलताका बाबजुद पराक्रम बढ्ने र शत्रुमाथि विजय प्राप्त हुने देखिन्छ । यात्रागत कार्यमा आंशिक सफलता प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइएला । व्यापारलगायत आर्थिक लाभ मिल्ने कार्यमा सफलता मिल्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मित्रजनका बीच भेटघाटका साथै मिठो भोजन प्राप्त हुने योग छ । साथीभाइको सहयोगले कर्मबल वृद्धि गराउला । प्रतिष्पर्धी परास्त हुनेछन् । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । अधिकार स्थापित गर्न गरिएको प्रयत्न सार्थक रहनेछ । कर्मबल वृद्धि भइ प्रतिष्पर्धीहरू किनारा लाग्नेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक भइएला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भाग्यबल वृद्धि भइ कार्यगति बढ्ने दिन छ । विशेष कार्यमा आफन्तको साथ प्राप्त हुनेछ भने आजको दिन यात्रागत कार्यमा पनि सफलता प्राप्त हुनेछ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । प्रयत्न गर्दा व्यावसायिक कामहरू सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा आजको दिन अलिक सावधानी अपनाउनु हितकर हुनेछ । विपरीतलिंगीको साथले उत्साह जगाउने योग छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): गरिएका कामको राम्रै मूल्यांकन हुने तथा लाभ हुने काम प्रारम्भ गर्न सकने समय छ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्ला । कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति भइ मन चङ्गा रहला । रमाइलो यात्राको अवसर जुर्न सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता केही बढेपनि साहसिक काममा आकर्षण रहने र मनोकुलको सफलता मिल्ने समय छ । साझेदारीको कार्यमा राम्रै फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्नेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । दाम्पत्यजीवन सुखमय बन्नेछ । रोकिएको काम अघि बढ्ने देखिन्छ । आरोग्यता रहनेछ । प्रतिष्पर्धी कमजोर सावित हुने योग छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन केही चुनौतीयुक्त रहला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्न सक्छ । सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । विशेष योजनाहरू गोप्य राखेर अघि बढ्नु हितकर होला । आरोग्यबल बढ्नेछ । बौद्धिक तथा रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला । अप्रिय समाचारका कारण दुःखी बन्नुपर्ने योग छ । प्रतिकुलताका बाबजुद प्रेमभाव बढ्नेछ । मित्रजनसँगको भेटले मन रमाउला । चुनौती रहेपनि आफ्नो दायित्व निर्वाहमा कर्तव्यनिष्ठ रहनुहनुछ । आजको दिन यात्रागत कार्य सार्थक बन्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विभिन्न अवसरले पछ्याउनेछन् । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । तथापि, नयाँ योजना कार्यान्वयनमा ल्याउन अलिक मुस्किल पर्ने देखिन्छ । सकारात्मक कार्यमा व्यस्तता वृद्धि हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धि हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । भौतिक साधन जुट्नाले व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । विभिन्न सहयोग र उपहार पाइएला । आरोग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्