आज मिति वि.सं. २०८२ साउन ०८ गते बिहीबार ई.सं. २०२५ जुलाई २४ नेपाल सम्बत ११४५ दिल्लागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन कृष्ण औसी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, हर्षण योग, चतुष्पद करण । आज बिहान ०५ बजेर २२ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५७ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । तर, अनावश्यक प्रतिस्पर्धामा होमिँदा कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । आजको दिन परिवार तथा साथीभाइको सहयोग प्राप्त होला, साथै धनलाभको योग रहेको छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम अघि बढ्ने देखिन्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभता वृद्धि भइ आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न रहला । अध्ययन-अध्यापनमा पनि प्रगति होला । ब्यापारबाट प्रशस्त धनलाभ हुने तथा भौतिक साधनहरू जुट्ने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय शुभदायी छ । आय वृद्धिले आनन्द दिलाउला । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला । काममा स्थानान्तरण हुनसक्ने तथा यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ हुने योग छ । साझेदारीमा पनि राम्रो फाइदा होला । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । पढाइलेखाइमा पनि प्रगतिको समय छ । घर-जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने सम्भावना रहेकोले सजगताको दरकार छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढ्ने एवम् साथीभाइको सहयोग प्राप्त हुने समय छ । पराक्रम तथा जाँगर बढ्नाले रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । आजको दिन आर्थिक कारोबार अति आवश्यकबाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिएला । तर, नसोचेको परिमाणमा धनको नाश हुनसक्छ, प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन्, ध्यान राख्नुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ, तथापि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । रसरागका क्रियाकलापमा आकर्षण रहला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पराक्रम वृद्धि हुनाले दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि विशेष लाभ मिल्ने देखिन्छ । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सावधान रहनुहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ । समग्रमा कार्यगति बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): जोखिम बढ्ने तथा खर्च वृद्धि हुने सम्भावनाका बाबजुद आँटेको काममा सफलता मिल्ने दिन छ । प्रतिभाको उच्च मूल्यांकन होला । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने देखिन्छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ, सावधानी अपनाउनुहोला । लापर्वाहीपनले मान-सम्मानमा चोट पुग्न पनि सक्छ । तर, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । यात्रागत कार्य सफल रहला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नियमित कार्यमा खासै जाँगर नलाग्ने तर जिम्मेवारी भने बढिरहने समय छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । जीवनसाथीको समस्याले चिन्ता बढाउने सम्भावना छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । रमाइलो भ्रमणको सम्भावना पनि छ । आरोग्यबल बढ्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अरूका काममा महत्वपूर्ण समय बित्ने एवम् व्यवसायिक काममा खर्च बढ्ने समय छ । समयको व्यवस्थापनमा विशेष ध्यान दिनु हितकर होला । मानसम्मानका साथमा आम्दानी बढ्ने देखिन्छ । विपरीतलिंगीको साथ-सहयोगले महत्वपूर्ण काम बन्न सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने तथा राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुनसक्ने योग छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): उत्साहवर्द्धकसमाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रेम विवाहमा परिणत हुने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जरुरी छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउला । प्रेमभाव बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । दायित्व निर्वाहमा सफल रहनुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । स्थायी सम्पत्ति बढाउन सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । विद्यार्थी वर्गलाई विशेष फाइदाको समय छ । विपक्षीसँग जुध्ने सामथ्र्य बढ्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विलासितामा खर्च बढ्ने योग छ, सजग रही आर्थिक व्यवहार गर्नुहोला । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । स्वास्थ्य केही कमजोर रहला । सरकारी निकायबाट हुने कडिकडाउको सिकार हुनबाट जोगिनेगरी काम गर्नु आवश्यक छ । शत्रुपक्ष परास्त हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्