साउन ०४ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ श्रावण २०८२, आईतवार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ साउन ०४ गते आईतबार ई.सं. २०२५ जुलाई २० नेपाल सम्बत ११४५ दिल्लागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन कृष्ण दशमी, चन्द्रमा मेष राशिमा, कृतिका नक्षत्र, गण्ड योग, विष्‍ट करण । आज बिहान ०५ बजेर २० मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५९ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बोली, व्यवहार र विचारले धेरैलाई आकर्षण गर्न सकिने समय छ । नियमित कार्यमा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । सामाजिक मान-सम्मान बढ्ला । बोलीको भरमा काम सम्पादन हुने योग छ । स्वास्थ्य सबल रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । इष्टमित्रबाट सहयोग मिल्नुका साथै आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी समय छ । तपाईंको व्यवहारले मित्रवर्ग प्रभावित बन्नेछन् भने प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा राम्रो साथ दिनेछन् । नियमित कर्मबाट आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ । तथापि, श्रमअनुसार प्रतिफल कमै मिल्ने देखिन्छ । भएको आम्दानी सञ्चय गर्न मुस्किल पर्ला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । साहस बढ्नेछ, यात्रापरक काम बन्नेछ । परिवारिक सुखको अवस्था रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): जाँगर नचले पनि कामको दायित्व बढ्ने समय छ । पारिवारिक खर्च बढ्नाले उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुनसक्ने सम्भावना छ, सचेत रहनुहोस् । आफ्नो अधिकारका लागि अतिरिक्त प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तर, शत्रुपक्ष परास्त हुनेछ र प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । धर्मकर्म तथा सामाजिक क्रियाकलापमा आकर्षण बढ्नेछ । जस्तोसुकै समस्याको समाधान मिल्ने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । रोकिएका काम सम्पादन हुनेछन् भने विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ने देखिन्छ । प्रतिष्ठित काम गरेर प्रशंसित भइएला । व्यापार तथा उद्योगतर्फ भने जोखिम बढ्न सक्छ । साथीभाइबाट सहयोग प्राप्तिका कारण उत्साह वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइने समय छ । विशिष्ट व्यक्तित्वसँग भेटघाटले आत्मविश्वास जागृत होला । प्रशंसकहरू बढ्नेछन् । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । विगतको श्रमबाट धनलाभ हुने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रसरागको भाव वृद्धि होला । दाम्पत्यसुख बढ्नेछ । शारीरिक आरोग्यता रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा मिल्नाले दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धि र यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइ सहयोगी बनेर देखापर्लान् । कार्यगति बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्न सक्छ, सोचविचार गरेर मात्र कामको यात्रामा निस्कनु हितकर होला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ, ध्यान राख्नुहोला । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्ने समय छ । इष्टदेवको पूजा-उपासना गर्नाले मनमा शान्ति र लाभ मिल्नेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । सामाजिक क्रियाकलापमा सक्रियता र सामथ्र्य वृद्धि हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुलाई परास्त गर्ने क्षमता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम सम्पादन हुनेछन् । बौद्धिक क्रियाकलाप अभिवृद्धि होला । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्नेछ । सामाजिक प्रतिष्ठा बढ्नुका साथै विशेष कार्यमा मातापिताको सहयोग प्राप्त हुनेछ । आर्थिक अभावले भने अलिक सताउन सक्छ, योजना र बजेट बनाइ कार्य गर्नुहोला । कृषि-चौपायाबाट लाभ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्योन्नतिको समय छ । आर्थिक उपार्जनमा सुधार आउला । विशेष परिश्रम परे पनि उपलब्धि राम्रै मिल्ने देखिन्छ । धन आर्जको योग छ । पराक्रम र उत्साह बढ्नेछ । सामाजिक मान–सम्मान मिल्नेछ । आरोग्यता रहला । दायित्व निर्वाहमा सफलता र सन्तुष्टिको विशेष अनुभूति हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन मनोरञ्जनपूर्ण रहला । व्यावसायिक यात्राको सम्भावना छ । अलिक बाध्यताका काममा जुट्नुपर्ला, तर आम्दानी बढ्ने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त हुनेछन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने देखिन्छ । तथापि, परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न चाहे उचित समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । धार्मिक क्रियाकलापमा संलग्नता रहला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्