आज मिति वि.सं. २०८२ असार २९ गते आईतबार ई.सं. २०२५ जुलाइ १३ नेपाल सम्बत ११४५ दिल्लागा द्वितीया- १८, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, श्रावन कृष्ण पक्ष चतुर्थी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, प्रिती योग । आज बिहान ०५ बजेर १७ मिनेटमा झुल्किएको घाम साँझ ०७ बजेर ३ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): घरेलु समस्याले सताउन सक्ने समय रहेकोले काममा अवरोध आउने देखिन्छ । त्यसै-त्यसै दिक्क लागेर आउनेछ, तर आत्मविश्वास कमी हुनेछैन । बन्न लागेको काम पनि बिग्रन सक्ने योग छ । विशेष योजना गोप्य राख्नु हितकर होला । कठोर मिहिनेतले मात्र काम बन्नेछ । अर्काको काममा आजको दिन बित्नसक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अप्रत्यासित आम्दानी बढ्ने र अर्थविकासका नयाँ योजनाहरु पनि सिर्जना हुने दिन छ । परिश्रमले अरुको विश्वास जित्न सकिनेछ भने अधुरा काम बनी मन हर्षित होला । पठन-पाठनसम्बन्धी कार्यमा पनि प्रगति हुनेछ । आर्थिक एवम् समाजिक लाभ मिल्ला । दाम्पत्यसुख बढ्नेछ । मित्रमिलन र मिठो भोजनको योग छ । यात्रापरक कामको सफलताले उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय उत्साहजनक छ । भौतिक साधन जुट्नेछन् भने नउठ्ने रकम उठ्ने सम्भावना छ । प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धनको योग छ । आज लामै यात्राको सम्भावना पनि छ । कामहरू सजिलैसँग बन्नेछन् भने कामेच्छा पनि बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्ला । बौद्धिकता र रचनात्मकताका कारण समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन केही चुनौती बढ्ने सम्भावना छ । इर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने छरछिमेकमा पनि विवादको योग रहेकोले विशेष सावधानीको दरकार छ । गलत विचार बढ्ने तथा उचित विषयमा पनि समयमै निर्णय गर्न नसक्दा अवसर फुत्किन सक्छ । आलस्यता छाउनाले काममा नकारात्मक पर्नसक्छ, सजग रहनुहोला । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ । संयमता अपनाउनु हितकर हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापार-व्यवसायमा मिलेको सफलताले मन रमाउने समय छ । धन आर्जनको अवसर जुर्ला । जागीरको काममा पनि राम्रै छ । सामाजिक कार्यले प्रतिष्ठा दिलाउला । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका पाइनेछ । आजको दिन खर्च भने केही वृद्धि हुने देखिन्छ । नयाँ काममा हात नहाल्नु उचित हुनेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सहयोगले मन प्रफुल्ल तुल्याउला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने उत्साहजनक समय छ । ठूला व्यक्तिको विश्वास र भरोसा तपाईंप्रति रहनाले महत्वपूर्ण उपलब्धि हात लाग्नसक्छ । बोलीकै भरमा काम बन्ने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । धार्मिक कार्यमा पनि मन जानेछ । समग्रमा दिन रमाइलोसँग बित्ने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): केही खर्च लागे पनि सोचेको काम बन्ने समय छ । सामाजिक कार्यमा मन जाला । विविध प्रकारका लाभ मिल्ने देखिन्छ । नयाँ मित्रको आगमनले मन प्रशन्न तुल्याउला । व्यावसायिक तथा लाभदायी यात्राको सम्भावना छ । सोचेका विशेष काम बन्नेछन् । सन्तान पक्षबाट भने खोजेजस्तो साथ-सहयोग नपाउँदा दुःखको अनुभूति हुनसक्छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कठोर परिश्रमले लक्ष्यभेदनको सामर्थ्य बढेपनि आजको दिन राजनीति र समाजसेवाको क्षेत्रमा केही कठिनाइ या असहजताको सामना गर्नुपर्ला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । उपचारमा खर्च हुने योग छ । खानपानमा विशेष ध्यान दिनुहोला । फजुल कुरामा खर्च हुनसक्छ, योजना र बजेट बनाएरमात्र आर्थिक कारोबार गर्नु उचित हुनेछ । मित्रजन सहयोगी सावित हुनेछन् ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन राम्रै छ । विभिन्न अवसरले पछ्याउनेछन् भने आय वृद्धि हुने देखिन्छ । नयाँ कामको अवसर पनि मिल्ला । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । अध्ययन-अध्यापनमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिनेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): शुभदायी समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ भने धनलाभ पनि होला । विगतको श्रमका साथै अहिले आँटेका काम पूरा भइ फाइदा मिल्न सक्छ । ब्यापारमा पनि सामान्यतया लाभ नै हुने देखिन्छ । कमाई बढ्नाले सुख वृद्धि होला । मिठा परिकारको आनन्द पाइने योग छ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): यात्राको लागि एकदम राम्रो समय रहेको छ । साथीभाइसंग भेटघाटले यात्रा पनि रमाइलो होला । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । आजको दिन भए-गरिएका कामबाट राम्रै लाभ मिल्नेछ । कर्मबल बढेर रोकिएका कामहरु बन्नेछन्, प्रयत्न गर्नुहोला । धनलाभको योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय त्यति राम्रो छैन, गलत विचार बढ्नाले समयमा सहि निर्णय गन नसकिएला । स्वास्थ्य पनि केही कमजोर नै रहन सक्छ । सोच्दै नसोचेको ठाउँमा रकम खर्च हुने योग छ । सोचेअनुसार काम बन्न कठिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार–ब्यवसायमा घाटा ब्यहोर्ने अवस्था आउनसक्छ, सावधान रहनुहोला । धर्मकर्ममा मन दिनु हितकर हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्