सुदूरपश्चिममा मन्त्री बर्खास्त भएपछि केन्द्र सरकार छाड्ने तयारीमा नागरिक उन्मुक्ति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टी प्रतिपक्षीमा बस्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेपछि नाउपाले केन्द्र सरकार पनि छाड्ने तयारी गरेको हो ।

- Advertisement -
Ad image

संरक्षक चौधरीले भने, ‘यो गठबन्धन प्रदेशमा मात्र सीमित होइन, हामी संघदेखि प्रदेशसम्म सरकारसँग गठबन्धन गरेका छौं । मुख्यमन्त्रीले दादागिरी शैलीमा हाम्रा मन्त्रीलाई बर्खास्त गर्नु सैह्य हुँदैन, हामी अब प्रतिपक्षीमा जान्छौं ।’ केन्द्र सरकारका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीलाई राजीनामा गर्न लगाउने उनले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्