असार १२ गते बिहिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०८२, बिहीबार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ असार १२ गते बिहिबार ई.सं. २०२५ जुन २६ नेपाल सम्बत ११४५ दिल्लाथ्व पारू, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, ध्रव योग, बव करण । आज बिहान ०५ बजेर १० मिनेटमा झुल्किएको घाम साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । अप्ठ्यारो परिस्थितिमा पनि केही महत्वपूर्ण काम बन्ने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । खेलकूद तथा आमोदप्रमोदमा आकर्षण बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । आश मारेको फल पुनः प्राप्त हुन सक्छ । केही समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । प्रगतिको दर बढ्ने देखिन्छ । रचनात्मक काममा विशेष सफलता मिल्नेछ । विपरीतलिंगीको साथ/समर्थनले उत्साह बढाउला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आँट/पराक्रम बढ्ने र बौद्धिकताले विशेष सफलता दिलाउने समय छ । केही चुनौती सामना गर्नुपर्ला, तर व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा हुने योग पनि छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । दिन मनोरञ्जनपूर्ण रहला । सोख पूर्तिका लागि खर्च बढ्ने देखिन्छ । नयाँ काम पाइने सम्भावना छ, तर आलस्यले गर्दा अवसर गुम्न सक्छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुहोला । जोखिमको काममा साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बिनाप्रतिस्पर्धा फाइदा हुने समय भएपनि अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुने देखिन्छ, ध्यान राख्नुहोला । व्यवहारबाट नयाँ ज्ञान सिक्ने मौका जुर्ला । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । आरोग्यबलका साथै रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । मनोरञ्जनात्मक यात्रा हुनसक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । तर्ककै आधारमा अधिकार स्थापित गर्न सकिने योग छ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिएला । प्रेमभाव वृद्धि तथा गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): खर्चको मात्रा केही बढेपनि चुनौती चिर्दै काम सम्पादन गर्न सकिने समय छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । व्यवसायमा लगानी बढाउन सकिनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सजगता अपनाउनुहोला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापारलगायत आर्थिकलाभ हुने काममा राम्रैसँग जाँगर चल्ने देखिन्छ । पराक्रम वृद्धि भइ रोकिएका काम बिस्तारै बन्नेछन् । नियमित कर्ममा व्यस्तता बढ्नेछ । स्वादिष्ट भोजनमा मन रमाउला । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्ने समय छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनुहोला । पठनपाठनमा राम्रै प्रगति हुनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामथ्र्य वृद्धि होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्नेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ, ध्यान राख्नुहोला । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा हितकारी सावित हुनेछ । भेटघाटको अलमलले नोक्सान पार्न सक्छ, समयको महत्व बुझेर व्यवहार गर्नुहोला । बौद्धिक एवम् रचनात्मक कार्यमा विशेष सफलता मिल्ने समय छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय केही चुनौतीयुक्त रहला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने देखिन्छ । कमजोर मानसिकताले पछि परिने तर हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुने योग छ । मन दृढ तुल्याउन सके रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । प्रतिस्पर्धी सजिलै परास्त हुनेछन् । आरोग्यता रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): गरिएका कर्मको उचित प्रतिफल पाइनेछ, तर पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु उचित होला । बेसुरमा वचन दिने बानीले दुःख पाइन सक्छ, ध्यान राख्नुहोला । धन आर्जन गर्ने मौका जुर्ने देखिन्छ । पारिवारिक जमघटमा मन रमाउला । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्य वृद्धि भइ आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । शुभचिन्तकको सहयोग र विवेकको सही प्रयोगले लक्ष्य पहिल्याउन सकिएला । लगनशीलताले राम्रै उपलब्धि दिलाउने योग छ । आरोग्यबल बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछन् ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्