असार ०७ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ असार २०८२, शनिबार
6 Min Read
Aa

आज मिति वि.सं. २०८२ असार ०७ गते शनिबार ई.सं. २०२५ जुन २१ नेपाल सम्बत ११४५ बछलागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण दशमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, अतिगंड योग, विष्टि/भद्र करण । आज बिहान ०५ बजेर ०८ मिनेटमा झुल्किएको घाम साँझ ०७ बजेर ०२ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने, तर धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको सफलता हातलग्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् भने परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय उत्साहवर्द्धक र मनोरञ्जनपूर्ण रहला । व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुने देखिन्छ । पितृधन समेत लाभ हुने योग छ । कामको सिलसिलामा फलदायी यात्राको सम्भावना छ । व्यापार-व्यवसायमा विशेष लाभ मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । श्रमको उचित परिणाम प्राप्तिको लागि निकै जोड लगाउनुपर्ला । सामाजिक कामको दायित्व बढ्नेछ भने अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । मिठो भोजन प्राप्त हुनेछ । विवेक र साहस वृद्धिका कारण शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन निर्णायक क्षमतामा कमी आउने र काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । सहयोगीले तपाईंको कमजोरीप्रति टीकाटिप्पणी गर्न सक्छन् । अलिक द्विविधामा परिने र शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । चुनौतीको सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ भने फाइदाको योग छ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विगतका कमजोरीलाई सुधार गर्दै लाभदायी कर्मका साथ अघि बढ्ने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट विशेष लाभ मिल्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । प्रेमभाव वृद्धिका साथै दामपत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ, धैर्यले काम लिने प्रयत्न गर्नुहोला । रोकिएका कामहरू सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । मित्रजनको सहयोग प्राप्त हुनाले उत्साह बढ्नेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बाध्यतापूर्ण काममै समय बित्नसक्ने दिन छ । स्वास्थ्य कमजोर रहेको अनुभूतिका बाबजुद जिम्मेवारी बढिरहनेछन् भने सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लेनदेनमा विवाद आउने योग छ, सजग रही व्यवहार गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । सन्तानपक्षबाट सुख मिल्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काममा लगानीको समय छ । केही मात्रामा खर्च बढ्ला । तर, प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग पनि छ । मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्ने देखिन्छ । ध्यान राख्नुहोला– अरूको मात्र भर पर्दा धोकामा परिने छ । ब्यस्तता बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पराक्रम बढ्ने एवम् भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । परिवारजनको भरणपोषणमा खर्च केही बढ्नाले उत्साहमा कमी आउला । तर, मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिने योग छ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नयाँ सवारी साधन प्राप्तिको प्रयासमा हुनुहन्छ भने आज माहोल सकारात्मक बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यावसायिक काममा खर्च बढ्ने समय । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अप्रिय समाचारले खिन्नता उत्पन्न गराउने सम्भावना छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । सहयोगीहरूले हात झिक्नाले नियमित कार्यमा केही समस्या थपिने देखिन्छ । व्यापार व्यवसायमा पनि त्यत्ति फाइदा नहोला । सेवामूलक कामबाट भने प्रतिष्ठा मिल्ने योग छ । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भाग्योन्नतिको समय छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । पढाइमा राम्रै प्रगति हुने देखिन्छ । स्वास्थ्य केही कमजोर रहला, तर दैनन्दिन परिश्रमबाट भने मुक्ति मिल्ने सम्भावना देखिन्न । कठोर परिश्रमले काममा सफलता दिलाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्य वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसर पाइने समय भएपनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । तथापि, धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने योग छ । केही मात्रामा खर्च वृद्धि होला । आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्