आज मिति वि.सं. २०८२ असार ०३ गते मंगलबार ई.सं. २०२५ जुन १७ नेपाल सम्बत ११४५ बछलागा षष्ठी , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण षष्ठी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, विषकुम्भ योग, वणिज करण । आज बिहान ०५ बजेर ०८ मिनेटमा झुल्किएको घाम साँझ ०७ बजेर ०१ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भाग्यबल बढ्नेछ । कृषि, पशुधनबाट राम्रै लाभ मिल्ने समय छ । नोकरीमा प्रशंसा मिल्ने र पढाइलेखाइमा पनि प्रगतिको योग छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । खर्च चाहिँ केही बढ्ने देखिएकाले फजुल खर्च हुनबाट जोगिने चेष्टा गर्नु उचित होला । बलजफ्तीले काम बिग्रन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभदायी समय छ । प्रतिस्पर्धी परास्त हुनेछन् भने प्रेम र मित्रताको बन्धन कसिनेछ । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुने योग छ । नियमित कार्यबाट पनि धेरैको मन लोभ्याउन सकिने देखिन्छ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ व्यापार-व्यवसाय विस्तार हुने र खुसीको समाचार सुन्न पाइने दिन छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । आध्यात्मिक कार्यमा केही खर्च हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउला । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । पराक्रम बढ्नेछ, शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन केही चुनौतीयुक्त रहला । समयमा काम सम्पन्न गर्न मुस्किल पर्ने तथा हातबाट अवसर फुत्कने सम्भावना छ । सञ्चित धनको नोक्सानी हुने योगका कारण आर्थिक लेनदेनमा विशेष सजगता अपनाउनु उचित हुनेछ । नयाँ रोजगारीको अवसर मिल्ने सम्भावना छ । सोचविचार नगरी अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी समय छ । तपाईंका कमी-कमजोरीप्रति टिप्पणी वा आलोचना बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि मित्रजनले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना खास कुराहरू गोप्य राख्नु हितकर होला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् भने बोलीकै भरमा काम सम्पादन हुने योग छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । आरोग्यबल बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यस्तता वृद्धि हुनेछ । नयाँ कार्ययोजना बन्ने र नयाँ कामको सुरुवात गर्न सकिने समय छ । काम सामान्य भए पनि राम्रो आम्दानी हुने योग छ । दिगो फाइदा हुने योजनाका लागि विशेष अवसर जुट्न सक्छ । मानसम्मान प्राप्ति र मित्रमिलनको सम्भावना छ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । ब्यापारबाट राम्रै लाभ हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । मित्रजन एवम् आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिने समय छ । आरोग्यबल र पराक्रम वृद्धि होला । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने योग छ । व्यापार–व्यवसाय सन्तोषजनक रहनेछ । तर, खर्च केही बढ्ने र विशेष योजनामा अवरोध हुन सक्छ, सावधानी अपनाउनुहोला । आरोग्यबल बढ्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुने देखिन्छ । पढाइलेखाइमा रूचि बढ्ला । श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागे पनि रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाइ अलिक टाढिन सक्छन् भने प्रेम सम्बन्धमा केही समस्या आउन सक्छ, सजगताका साथ व्यवहार गर्नु हितकर हुनेछ । रोकिएको काम विशेष मिहिनेतले बन्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । आज अनावश्यक वादविवाद तथा झैझगडाबाट जोगिनका लागि विशेष सावधानी अपनाउनु हितकर होला । विपरीतलिंगीका साथै शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिने योग छ । तर, अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ, ध्यान राख्नुहोला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्तिले आनन्द प्रदान गर्नेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन सुखदायी रहने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । कुनै कामविशेषको माध्यमबाट राम्रै लाभ वा आर्जन हुने सम्भावना छ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । मित्रता र प्रेमको बन्धन कसिने योग छ । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैको मन जित्न सकिएला । यात्रागत कार्य सफल रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आजको दिन नजिकका साथीभाइ टाढिनसक्ने तर टाढाका साथीभाइसँग मित्रता बढ्ने योग छ । पहिलेको लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला । केही खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनसक्छ, सजगता अपनाउनुहोला । मा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ । समष्टिमा दिन राम्रै रहनेछ ।।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ, तर काममा ढिलासुस्ती हुनक्ने दिन छ । आम्दानीको तुलनामा खर्च अलिक बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ । चोटपटकको योग रहेकोले आजको दिन सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सतर्क रहनु हितकर होला । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, गोपनीयतामा ध्यान दिनुहोला । समस्यामा आफन्तको साथ मिल्नेछ । सुखविलासको अवसर मिल्नसक्ने देखिन्छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्