जेठ ११ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०८२, आईतवार
7 Min Read
Aa

आज मिति वि.सं २०८२ जेष्ठ ११ गते आईतबार र २०२५ मे २५ नेपाल सम्बत ११४५ बछलागा त्रयोदशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण त्रयोदशी, चन्द्रमा मेष राशिमा, अश्‍विनी नक्षत्र, सौभाग्य योग, गर करण । आज बिहान ०५ बजेर १० मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५१ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ आयस्रोत प्राप्त हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । अनुकूलता वृद्धि होला । आमोद प्रमोदमा रमिरहनुहुनेछ । धन कमाउने बाटाहरुको थालनी हुन सक्छ । धनलाभको योग छ । परिवारमा सुखको माहोल बन्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सुखदानुभूतिले पछ्याउने दिन छ । परिवारमा खुशीको माहोल छाउनेछ भने नयाँ ठाउँको यात्रा हुने योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित रहला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्षणहरु आउनेछन् । टाढाको यात्राबाट धन आर्जन हुने योग छ । प्रगतिको दर बढ्नेछ । बौद्धिक तथा रचनात्मक काम सार्थक रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथले उत्साह बढ्ला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही चुनौतीयुक्त रहला । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुनसक्छ । स्वास्थ्य केही कमजोर रहनुका साथै ब्यस्तता वृद्धि हुने देखिन्छ । महत्वपूर्ण काममा सफलता पाउन कठिन पर्ला । कुनै नयाँ समाचारले खिन्नता बढ्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकताले समस्याको समाधान दिलाउला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सोचेको विशेष काममा बाधा ब्यहोर्नुपर्ला । मिहेनतअनुसार फल भने थोरै मिल्ने समय छ । तथापि, मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अरुको काम धेरै गर्नुपर्ने योग छ । छरछिमेकमा केही असमझदारी बढ्नसक्छ, तर खास हानी पुग्दैन । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ, सजग रहनुहोला । प्रेमभाव जागृत हुनुका साथै रसरागमा आकर्षण बढ्ने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । बन्दव्यापारबाट लाभ प्राप्त होला । स्वास्थ्य सबल रहला । बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यावसायिक काम बीचमा अवरुद्ध बन्नसक्ने तथा काममा केही चुनौती देखिनसक्ने समय भएपनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । साहस वृद्धिले सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला । साथीभाइको सहयोग प्राप्त हुने योग छ । मान महत्व बढ्नेछ । समस्याको समाधान मिल्नेछ । आज काममा जाँगर चल्नाले मन प्रफुल्ल रहला । बौद्धिक कार्यबाट पनि लाभ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन साहसिक काममा आकर्षण बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला । तथापि, छरछिमेकसँग सामान्य मनमुटाव हुने देखिन्छ । कुरा काट्नेहरु बढ्नेछन् । ठूलाव्यक्तिबाट आलोचना हुनसक्छ, सजग रहनुहोला । आजको दिन हातहतियारबाट जोगिन विशेष प्रयत्न गर्नु हितकर होला । कसैसंग वादविवादको पनि सम्भावना छ, संयमताका साथ व्यवहार गर्नुहोला । परिवारजनमा असमझदारी बढ् सक्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): ब्यस्तता वृद्धि हुने दिन छ । कुनै काममा झमेलाको सामना गर्नुपर्ला । जागिरमा केही अल्छीपन छाउला । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, तथापि धनमान प्राप्तिको योग छ । समाजसेवा तथा राजनीतिमा वर्चस्व बढाउन सकिनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ । सबल स्वास्थ्यका लागि विशेष सजगता अपनाउनुहोला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सोचेको विशेष काम पूरा हुन सक्ने दिन छ । सामाजिक उत्तरदायित्व हासिल हुनाले प्रतिष्ठा वृद्धि होला । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्नेछ । पराक्रम बढ्नुको साथै आत्मविश्वासले उचाइ छुनेछ । अध्ययन तथा अध्यापन कार्यमा मन नजाला । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद तथा भ्रमणमा आकर्षण रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): शुभदायी समय छ । प्रायः सबै कामहरू बन्नेछन्, आर्थिकलाभ प्राप्त होला । आम्दानीको नयाँ श्रोत फेला पर्ने देखिन्छ । ठूला व्यक्तिको विश्वास सजिलै लिन सकिने योग छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ भने ब्यापार–व्यवसायमा पनि फाइदा होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता र सुख बढ्नेछ । प्रतिष्पर्धीहरूपरास्त हुनेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय भएपनि घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती या कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ, संयमता धारणको प्रयत्न गर्नु उचित होला । वैैदेशिक कार्यमा भाग्यले साथ दिनेछैन । धनको नाशमात्र हुनसक्छ । विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, महत्वपूर्ण कार्यमा अवरोध पैदा हुनसक्ने योग रहेपनि आरोग्यबल भने वृद्धि हुनेछ । आत्मविश्वस कायम रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विशेष कार्यमा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैयापैसा तथा अन्नको लाभ हुने देखिन्छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । कृषि तथा पशुपालनमा विशेष फाइदा हुनेछ, तर आजको दिन खर्च भने केही वृद्धि हुनसक्छ । सुख–सुविधाको वस्तु बढ्नेछन् । सुख विलासमा मनजाला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्