जेठ ०९ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० जेष्ठ २०८२, शुक्रबार
7 Min Read
Aa

आज मिति वि.सं २०८२ जेष्ठ ०९ गते शुक्रवार ई.सं २०२५ मे २३ नेपाल सम्बत ११४५ बछलागा एकादशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण एकादशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, बव योग, वणिज करण । आज बिहान ०५ बजेर ११ मिनेटमा झुल्किएको घाम साँझ ०५ बजेर ५० मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । तर इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । आम्दानी बिगार्नेहरू सक्रिय रहने योग छ । राजकाजमा सफलता प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिएला । आयआर्जन राम्रै हुनेछ । सरसापटमा धन खर्च हुने समय छ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह वृद्धि होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिभाको कदर हुनेछ भने एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिएला । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ने देखिन्छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु हितकर हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । ब्यवसायमा राम्रै लाभ होला । अरुको भर नपरी परिस्थितिअनुसार चल्ने प्रयास गर्नुहोला । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । पारिवारिक सुख वृद्धि र प्रेमभाव बढ्नेछ । रोकिएको काम बन्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । मान्यजनसँग असमझदारी बढ्ने योग हुनाले विशेष सावधानी अपनाउनु उचित हुनेछ । अरूको सुझावमा भर नपर्नु बुद्धिमानी ठहरिनेछ । कसैसंग सामान्य मनमुटाव हुनसक्छ, बोली र व्यवहारमा लचकता अपनाउनुहोला । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहने देखिन्छ

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने र लगनशीलताले कीर्तिमानी दिलाउन सकिने समय भएपनि महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै उचित रहला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिनु हितकर हुनेछ । आरोग्यता रहनेछ । प्रेमभाव वृद्धि र मानसम्मान पनि पाइने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नियमित कामबाट फुर्सदिलो महसूस भइ सामाजिक काममा रुचि बढ्ने समय छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा राम्रै फाइदा पुग्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु उचित हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने समय छ, सचेत रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार-व्यवसायमा भने केही लाभ नै हुने देखिन्छ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । मान र विद्या प्राप्ति र धनलाभको योग पनि छ । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण बढ्ला । रसरागको भाव जागृत हुने देखिन्छ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नचिताएको ठाउँमा धन खर्च हुनसक्ने योग छ । स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउन सक्छ, ध्यान राख्नुहोला । पठनपाठनमा समय दिन नसकिएपनि आंशिक रुपमा रचनात्मक कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय भएपनि कीर्तिमानी काम सम्पादन होला । शत्रुहरूको चलखेल बढ्नाले चुनौती भने बढ्ने देखिन्छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । नयाँ काममा हात हाल्ने योग छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउने देखिन्छ । चिताएका महत्वपूर्ण काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धिले विशेष काममा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सेवामूलक कामबाट धनलाभ हुने समय छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आफन्तजन केही रुष्ट हुनसक्छन्, सजग रहनुहोला । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । नियमित कार्यमा जाँगर खासै नचल्ने देखिन्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्