जेठ ०६ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ जेष्ठ २०८२, मंगलवार
7 Min Read
Aa

आज मिति वि.सं. २०८२ जेष्ठ ०६ गते मंगलबार ई.सं २०२५ मे २० नेपाल सम्बत ११४५ बछलागा सप्‍तमी , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण अष्‍टमी, चन्द्रमा मकर राशिमा, धनिष्‍ठा नक्षत्र, एन्‍द्र योग, बव करण । आज बिहान ०५ बजेर १२ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ४८ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मिश्रित फलदायी समय छ । हातबाट अवसर गुम्न सक्छ, ध्यान दिएर काम गर्नु होला । तपाईंका कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्लान् । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ, मौकाको लाभ लिन मिहेनत भने चर्कै गर्नुपर्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । नयाँ काममा हात हाल्ने समय आएको छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । मान र विद्या प्राप्त हुने योग छ । सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । दाम्पत्यसुख बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तजनको साथले उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुने देखिन्छ । आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । केही खर्च लागे पनि चिताएको काम बन्ने देखिन्छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउने योग छ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुने समय छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चुनौतीयुक्त समय छ । आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तथापि, विपरीतलिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । प्रेमभावका साथै सन्तानसुख बढ्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, सजग रहनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजक रहनु हितकर हुनेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुनसक्ने योग छ । व्यस्तताका साथै खर्च पनि बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइलेखाइमा पनि प्रगति हुने योग छ । लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् भने भोगविलासमा मन रमाउनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । सामाजिक मान महत्व मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेम र मित्रताको बन्धन कसिने समय छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । रोकिएका काममा फेरि प्रयत्न गर्नु बुद्धिमानी ठहरिनेछ । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विशेष अवसर प्राप्त भए पनि आजको दिन इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । आफ्नाबाटै धोका पाइने सम्भावना छ । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर हुनेछ । अलिक दृष्टिभ्रममा परिएला । सुख–सुविधाको बस्तुमाथि खर्च हुनसक्छ । योजना र बजेट बनाएर मात्र कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । अर्थअभावले काम रोकिन सक्छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । तथापि, आज ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त हुने देखिन्छ । नजिकका साथीभाइ टाढिनसक्छन् तर नयाँ मित्रजनसँग सम्बन्ध गाँसिने योग छ । मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ । खेलकुद, भ्रमणलगायतका मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विगतका कमजोरी सच्याउने मौका मिल्ने दिन छ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइएला । धनलाभ पनि हुने देखिन्छ । तथापि, परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला । तथापि, ब्यापारबाट भने फाइदै हुने समय रहेको छ । दिगो आम्दानी हुने काम सुरु हुन सक्छ । आयबल बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल वृद्धि भएपनि आजको दिन अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलिक सावधानी अपनाउनु हितकर हुनेछ । पढाइलेखाइमा पनि आज खासै जाँगर नचल्ला । आर्थिक अभावले सताउन सक्छ, उठ्नुपर्ने रकम हातलागी हुन कठिन छ । यात्रागत कार्य भने सफल रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन केही चुनौतीयुक्त र परिस्थिति अलिक संघर्षमय रहला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःखको अनुभूतिहोला । मनोरञ्जनको अवसर तथा भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउने योग छ । आज केही अवसर जुटे पनि अप्ठ्यारा कामको बोझ थपिन सक्छ । काममा आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्