जेठ ०१ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ जेष्ठ २०८२, बिहीबार
6 Min Read
Aa

आज मिति वि.सं २०८२ जेष्ठ ०१ गते बिहीबार ई.सं २०२५ मे १५ नेपाल सम्बत ११४५ बछलागा तृतिया , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण तृतिया, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शिव योग, वणिज करण । आज बिहान ०५ बजेर १४ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ४५ मिनेटमा अस्ताउने छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएको कार्य अघि बढ्ने र ब्यापार–ब्यवसायबाट विशेष लाभ मिल्ने समय छ । कुनै नयाँ कामको थालनी गर्नु राम्रो हुनेछ । काममा जाँगर चल्नाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ । दाम्पत्यसुख मिल्नेछ । साझेदारीको काम बन्नेछ । अनुकूलता वृद्धिले उल्लास छाउला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन अनावश्यक रुपम मनमा डरको भाव पैदा हुनसक्छ । कसैसंग हल्का मनमुटाव पनि होला, सतर्क रहनु हितकर हुनेछ । विचारको तरङ्ग बढ्ने र समयमा निर्णय नहुँदा काममा अवरोध आउनसक्ने देखिन्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले खानपानमा सावधानी अपनाउनुहोला । बौद्धिक काममा सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । मान–सम्मानमा वृद्धि होला । प्रेमभाव वृद्धि हुनेछ । आँट–पराक्रम बढ्नेछ । शत्रुपक्ष परास्त हुने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सोचेका काम पुरा भइ सुखको अनुभव हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । रुपैयाँपैसाको राम्रै कारोबार हुने देखिन्छ । कृषिकार्यबाट पनि फाइदा लिन सकिनेछ । व्यस्तता बढेपनि साथीभाइको सहयोगले सुखदानुभूति दिलाउनेछ । रसरागको भाव वृद्धि होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवादको अवस्था रहने देखिन्छ । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा आज विशेष सतर्क रहनु उचित हुनेछ । पराक्रम वृद्धि होला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन केही चुनौतीयुक्त रहनसक्छ । काममा आज अल्छीपनले सताउला । स्वास्थ्य कमजोर रहनाले काममा जाँगर चल्नेछैन । खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । यात्रागत कार्यमा भने सफलता मिल्ने योग छ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । रोकिएका काम फेरी सुरु हुन सक्छन् । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आत्मीय मित्रजनसँग भेटघाट हुनसक्छ । आरौयबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पुराना साथीसँगको भेटघाटले मन रमाउने समय छ । आजको दिन चिताएको काममा सफलता पाइने एवम् धनलाभ पनि हुने देखिन्छ । महत्वपूर्ण कार्यमा कसैबाट साथ–समर्थन पाइएला । शुभता बढेर रोकिएको काम बन्नेछ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यपन बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): स्वास्थ्यगत रूपले केही कमजोरी महसूस भएपनि समाजिक सम्मान मिल्ने समय छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । अनौठो तरिकाबाट रुपैयाँपैसा आर्जन होला । कर्मबल वृद्धिका साथै आश मारेको काम बन्न सक्ने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । हाँसखेल तथा मनोरञ्जनका क्रममा दिन बित्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनसक्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउनसक्ने हुँदा विशेष सावधान रहनु उचित होला । भौतिक सरसामनको पनि क्षति हुने सम्भावना छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । शत्रुपक्ष भने कमजोर रहनेछ । चुनौतीका बाबजुद आफ्नो दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): बिग्रन लागेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने समय छ । समस्यामा आफन्तको सहयोग प्राप्त हुनेछ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । बिहानीपखको उल्लास साँझसम्म कायम नरहन सक्छ, ध्यान राख्नुहोला । तथापि, सामर्थ्य वृद्धिका कारण कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): शुभदायी दिन छ । नचिताएको ठाउँबाट आम्दानी हुने तथा आम्दानीका बाटाहरु ख्ुाल्ने समय छ । ब्यापार ब्यवसाय फष्टाउनेछ । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । खर्च पनि केही बढ्न सक्छ । रसरागमा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्