पाकिस्तानमा भारतको हवाई आक्रमण: कम्तिमा ३० जनाको मृत्यु !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ – पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ।

भारतीय समयअनुसार बुधबार राति १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेसन सिन्दुर’अन्तर्गत भारतले हवाई आक्रमण गरेको हो। यी तिनै स्थान हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो।

- Advertisement -
Ad imageAd image

भारतीय पत्रिका दैनिक भास्करले अनुसार पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार भनेर बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ। समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ।

पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए।

समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ- प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको निगरानी गरे। यसैबीच भारतीय सेनाले पाकिस्तानी सैन्य अखडामा आक्रमण नगरिएको, आतंककारी लुक्ने स्थानलाई मात्र निशाना बनाइएको बताएको छ।

अर्कातर्फ स्रोतहरूले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार यो एक संयुक्त सैन्य अपरेसन थियो, जसमा भारतीय सेना र वायुसेनाले संयुक्त रूपमा सटिक स्ट्राइक हतियार प्रयोग गरेका थिए।

समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ- भारतीय सेनाले पहलगाम आतंकवादी हमलाको लागि जैश-ए-मोहम्मद र लश्कर लुक्ने ठाउँलाई प्रहार गर्ने उद्देश्यले लक्ष्य छनोट गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्