बैशाख ०५ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ बैशाख २०८२, शुक्रबार
6 Min Read
Aa

आज मिति वि.सं २०८२ बैशाख ०५ गते शुक्रबार ई.सं २०२५ अप्रिल १८ नेपाल सम्बत ११४५ चिल्लागा पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण पञ्चमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, परिधि योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०५:३८ मा भयो भने सूर्यास्त साँझ ०६:३० मा हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मिश्रित फलदायी दिन छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ भने आर्थिक लाभ पनि प्राप्त हुने देखिन्छ । सहयोगीहरूले साथ दिनेछन् । व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुने योग छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । इर्ष्या गर्नेहरूले अवरोधको प्रयास गर्नसक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । सन्तानसुख बढ्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । कसैसंग सामान्य विवाद वा झगडा हुनसक्ने योग रहेकोले व्यवहारमा सजगता अपनाउनु उचित होला । सवारी साधनको प्रयोगमा अपनाएको सुझबुझका कारण चोटपटकबाट जोगिनुहुनेछ । यात्रागत कार्य सार्थक रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । विशिष्ट व्यक्तिसँग विवादबाट बच्ने प्रयास गर्नु हितकर हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज उत्तम हुने देखिन्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि अन्ततः ती परास्त हुनेछन् । तथापि, पुराना कुनै सम्झौताले अप्ठ्यारोमा पार्नसक्ने योग रहेकोले सजग रहनुहोला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथमा सुमधुर सम्बन्ध रहला । व्यापारमा फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै रहने देखिन्छ । आजको दिन आर्थिक कारोबारमा भने विशेष सजगता अपनाउनु हितकर हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु उचित होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउला । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ जिम्मेवारी हातपर्ने समय छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । पढाइलेखाइमा राम्रै प्रगति हुने देखिन्छ । आर्थिक पक्ष सबल छ । स्वास्थ्य सबल रहला । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय ब्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन शुभदायी छ । आर्थिक पक्ष सुदृढ बन्नेछ भने न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विशेष कार्ययोजनामा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यको लागि खानपानमा नियन्त्रण गर्नु उचित होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पारिवारिक सहयोग प्राप्त हुनेछ । आज टाढाको यात्राको सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो होला । मनोरञ्जनपूर्ण समय रहेको छ, तर व्यवसायको चापले गर्दा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिणाममुखी काममा लगानीको समय छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । स्वासथ्य सबल रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पारिवारिक वातावरण तपाईंको अनुकूल नभएपनि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुने दिन छ । स्वास्थ्य सबल रहला । व्यवसायमा विशेष फाइदाको योग छ । पराक्रमका साथै उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने दिन छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । रचनात्मक क्रियाकलापमा आकर्षण रहला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ .। चुनौतीपूर्ण कार्यमा धैर्यले काम लिने प्रयास गर्नुहोला, सफलता मिल्नेछ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी मित्रसँग आत्मीयता वृद्धि हुने योग छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्