बार्सिलोना र पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बार्सिलोना र फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन्। गएराति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ५-३ ले हराउँदै बार्सिलोना सन् २०१९ पछि च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

पहिलो लेगमा बार्सिलोना ४-० ले विजयी भएको थियो। दोस्रो लेगमा ३–१ ले पराजित भएपनि बार्सिलोना पहिलो लेगको गोल संख्याको आधारमा सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

- Advertisement -
Ad image

गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ५–४ गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै पीएसजी पनि सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।

भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो जितका लागि पर्याप्त रहेन। भिल्लाले अविश्वसनीय रुपमा पुनरागमन सम्भावना देखाए पनि अर्को गोल थप्न नसक्दा पराजय बेहोर्‍याे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्