पियोर इनर्जीको आईपीओ आजदेखि खुला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – पियोर इनर्जी लिमिटेडले बिहीबार (चैत २८ गते)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले बिहीबार बैंकिङ समय (१० बजे)देखि आवेदन दिन सकिनेछ । सर्वसाधारणका लागि कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता आईपीओ निष्कासनमा ल्याउन ल्याएको हो ।

कम्पनीको आईपीओमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा वैशाख ११ गतेसम्म आईपीओमा आवेदन अवधि थप गरिनेछ ।

- Advertisement -
Ad image

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्