राजावादी आन्दोलनको प्रभाव: ७ बजेपछि काठमाडौंमा कर्फ्यु हट्छ कि थपिन्छ ? 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ७ बजेबाट कर्फ्यु हटाउने बताएको छ । तीनकुने र आसपास क्षेत्रमा लगाइएको कर्फ्यु बिहान ७ बजेबाट हटाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

अहिलेको अवस्थामा कर्फ्युलाई निरन्तरता दिनुपर्ने अवस्था नरहेको सुरक्षा निकायको निष्कर्ष छ । शुक्रबारको घटनाका घाइते र अन्य केही जानकारी जिल्ला प्रशासन कार्यालयले केही समयमा थप जानकारी गराउने तयारी गरिरहेको छ ।

- Advertisement -
Ad image

जिल्ला प्रशासन काठमाडौंले शुक्रबार दिउँसो ४ : २५ देखि जारी गरेको कर्फ्यु आदेश अहिले बिहान ७ बजे सकिँदै छ ।

काठमाडौं प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको तीनकुने र त्यस आसपासको क्षेत्रमा शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

शुक्रबार ४ : २५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो ।

राजावदीहरूको प्रदर्शन भएको क्षेत्रमा कर्फ्यु लगाइएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्