एटलेटिकोलाई पराजित गर्दै रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गर्दा आर्सनल पनि क्वाटरफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ फाल्गुन २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोललेपराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

राउण्ड १६ को दोस्रो लिगमा एटलेटिको म्याड्रिडले १-० को जित हासिल गरेपछि समग्रमा २-२ को नतिजा आएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । यस अघि पहिलो लिग रियल म्याड्रिडले २-१ गोल अन्तरले जितेको थियो ।

- Advertisement -
Ad image

पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडका जुलियन अल्भारेज, एन्जल कोरिया र मार्कोस लियोरेन्टले पेनाल्टी मिस गरेका थिए । यो जितपछि रियल म्याड्रिडले अब क्वाटरफाइनलमा प्रिमियर लिग क्लब आर्सनलको सामना गर्ने भएको छ ।

गएराति सम्पन्न अर्को खेलमा डच क्लब पीएसभीसँग २-२ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ९-३ को नतिजा सहित प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । राउण्ड १६ को पहिलो लिगमा आर्सनल ७-१ ले विजयी भएको थियो । यो जितपछि अब आर्सनलले क्वाटरफाइनलमा रियल म्याड्रिडको सामना गर्ने भएको छ ।

गएरातिकै अर्को खेलमा गएराती सम्पन्न खेलमा बेल्जियम क्लब, क्लब ब्रुगेलाई ३-० ले पराजित गर्दै एस्टन भिल्लाले समग्रमा ६-१ को नतिजा सहित प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । यसअघि राउण्ड १६ को पहिलो लिगमा एस्टन भिल्ला ३-१ ले विजयी भएको थियो ।

यो जितपछि अब एस्टन भिल्लाले क्वाटरफाइनलमा पिएसजीको सामना गर्ने भएको छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्