आजको मौसम: केही भूभागमा आज हवाहुरीसहित वर्षा र हिमपातको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ फाल्गुन २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान र देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानसहित प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना छ।

राती भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

- Advertisement -
Ad image

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्