पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा समेटिए सन्दीप: छनौट हुने सम्भावना कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टअन्तर्गत डायमण्ड क्याटेगोरीमा समावेश भएका छन् ।

यसअघि ६ खेलाडी ड्राफ्टमा पीएसएल समेटिएका थिए । पाकिस्तान सुपर लिगले शुक्रबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा सन्दीप डायमन्ड क्याटेगोरीमा समावेश भएका हुन् ।

- Advertisement -
Ad image

यसअघि सिल्भर क्याटेगोरीमा नेपालका ६ खेलाडी समावेश भएका थिए । सोमबार सार्वजनिक भएको ड्राफ्ट लिष्टमा सिल्भर क्याटेगोरीमा गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका थिए ।

आगामी सिजनको पीएसएलको लागि फाइनल ड्राफ्ट आगामी जनवरी १३ मा हुँदैछ । पीएसएल २०२५ आगामी अप्रिल-मे महिनामा हुनेछ ।

यसअघि सन्दीप लामिछाने प्लाटिनम तथा गुल्शन झा गोल्ड क्याटेगोरीमा थिए । यद्यपी अघिल्लो संस्करणबाट नेपालबाट १० खेलाडी ड्राफ्टमा रहेकामा सबै अनसोल्ड रहेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्