आजको मौसम: २ प्रदेशमा बदली, तराईका केही स्थानमा हुस्सु र कुहिरो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । शनिबार बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागको मौसम आंशिक बदली छ। तराईका केही स्थानमा यतिबेला हुस्सु र कुहिरो छ। आज पानी पर्ने सम्भावना भने कतै देखिएको छ ।

आज कोशी प्रदेशमा दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राति हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

- Advertisement -
Ad image

त्यस्तै मधेश प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यसैगरी बागमती प्रदेशमा दिउसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै राती हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने राती हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै कर्णाली प्रदेशमा आज दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने राती आंशिक बदली रहने सम्भावना रहेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा आज दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने आज राति आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसमेत दिइएको छ । जसमा भनिएको छ, बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्