आज देशभरको मौसम सफा रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशको तराईका भू-भागमा हुस्सु लागेको अवस्था छ ।

- Advertisement -
Ad image

आज कोशी प्रदेशमा हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेश र बागमती प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा पनि आज दिउसो सबै क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी आज लुम्बिनी र कर्णाली प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै आज सुदूरपश्चिम प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

बिहीबार बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्