आजको मौसम: पश्चिमी वायुको प्रभावका कारण मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ पुष २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले नेपालको तराईका धेरै स्थानहरूमा हुस्सु,कुहिरो लागेको छ र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेशका एक दुई स्थानमा बदलीको सम्भावना छ । बाँकी स्थानमा मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ।

- Advertisement -
Ad image

आगामी २४ घन्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरो सम्भावना रहेको महाशाखाले जनाएकाे छ। हुस्सु/कुहिरोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्