घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार: इपस्विच टाउनसँग पराजित भएपछि चेल्सीलाई गम्भीर धक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ पुष २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौं – म्यानचेस्टर युनाइटेडले ६० वर्षयता पहिलो पटक घरेलु मैदानमा लगातार तेस्रो हार व्यहोरेको छ। इंग्लिस प्रिमियर लिगमा सोमबार राति भएको खेलमा न्युक्यासल युनाइटेडसँग २–० ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडका लागि ६० वर्ष यताकै खराब नतिजा आएको हो।

यता न्युक्यासलले भने ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सन् १९७२ पछि दोस्रो पटक हराएको हो। न्युक्यासलले प्रिमियर लिगमा लगातार चार खेलमा जित निकालेको छ। सन् १९६२–६३ को सिजनपछि युनाइटेडले घरेलु मैदानमा भएका लिग खेलका कुनै पनि प्रतियोगितामा लगातार तीन खेलमा हार व्यहोरेको छैन।

- Advertisement -
Ad image

खेलको चौथो मिनेटमा नै एलेक्जेन्डर इसाकको गोलमा न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो। १९ औँ मिनेटमा जोएलिन्टले दोस्रो गोल थपेपछि चेल्सीले अग्रता दोब्बर पारेको हो। जितसँगै न्युक्यासल अंक तालिकामा पाचौँ स्थानमा उक्लेको छ। १९ खेलमा ९ खेलमा जित, समान ५ खेलमा बराबरी र हार भोगेको न्युक्यासलको ३२ अंक छ।

यता पराजित युनाइटेड भने २२ अंकमा चौधौँ स्थानमा छ। ६ खेलमा जित, ४ खेलमा बराबरी गरेमो युनाइटेडले ९ खेलमा हार भोगेको छ। युनाइटेड रेसलगेसन जोनबाट ७ अंकले मात्र अघि छ।

सोमबार राति नै भएको अर्को भएको खेलमा इपस्विच टाउनसँग पराजित भएपछि चेल्सीलाई गम्भीर धक्का लागेको छ। लियाम डेलापको उत्कृष्ट प्रर्दशनपछि इपस्विचले घरेलु मैदानमा सिजनको पहिलो जित दर्ता गरेको हो।

गएराति भएको खेलमा २–० ले पराजित भएपछि शीर्ष स्थानको दौडमा रहेको चेल्सीलाई गम्भीर धक्का पुगेको हो। खेलको १२ औँ मिनेटमा लियाम डेलापको पेनाल्टी गोलमा इप्सविचले सुरुवाती अग्रता बनाएको थियो।

खेलको ५३ औँ मिनेटमा डेलापको पासमा चेल्सीका पुर्व विगंर ओमारी हुट्चिन्सले इप्सविचको अग्रता दोब्बर पारे। हारसँगै चेल्सी ३५ अंकमा अंकतालिकाको चौथो स्थानमा छ। १९ खेलबाट १० खेलमा जित, ५ मा बराबरी र ४ खेलमा हार भोगेको चेल्सीको ३५ अंक छ।

१८ खेल खेलेको लिभरपुल ४५ अंकमा शीर्ष स्थानमा छ। १९ खेलबाट ३७ अंक जोडेको नटिङ्घम फरेष्ट दोस्रो र १८ खेलबाट ३६ अंक जोडेको आर्सनल तेस्रो स्थानाम छ।

गएराति नै भएको खेलमा एष्टोन भिल्ला र ब्राइटन एण्ड होभ एल्वियनले २–२ को बराबरी गर्दै अंक बाँडे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्