विचाराधीन विधेयकलाई अघि बढाउन अन्य दलसँग छलफल गर्ने कांग्रेस–एमालेको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त कार्यदलले संघीय संसदको संसदीय समितिमा बिचाराधीन विधेयकलाई अघि बढाउन अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको संघीय संसदमा विचाराधीन विधेयकका सन्दर्भमा गठित दुई दलीय कार्यदलको पहिलो बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन रहेका विधेयकलाई संसदको आगामी अधिवेशनबाट पारित गराउनका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो।

- Advertisement -
Ad image

अन्य दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्ने जिम्मेवारी कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई दिइएको कांग्रेस सांसद जीवन परियारले जानकारी दिए। बैठकले संसदीय समितिमा रहेका विधेयकहरुलाई अघि बढाउने विषयमा आ–आफ्ना दलका सांसदहरुसंग पुष १७ गतेभित्र छलफल गर्ने निर्णय गरेको उनले बताए।

त्यस्तै बैठकले संसदीय समितिमा रहेका विधेयकहरुलाई समयसिमाभित्रै पारित गरि संघीय संसदमा पेश गर्ने सन्दर्भमा प्रतिनिधिसभा र राष्ट्रियसभाका साथै संयुक्त संसदको नियमावलीका विषयमा अन्य दलसँग परामर्श गर्ने निर्णय गरिएको परियारले जानकारी दिए।

समितिमा लामो समयसम्म विधेयक रहने कुरा उचित नभएकाले समयसिमाभित्रै अघि बढाउनका लागि नियमावलीमा रहेको व्यवस्थाका बारेमा अन्य दलसँग छलफल गरिने उनले बताए। कार्यदलको अर्को बैठक पुष १८ गते बस्ने बताइएको छ। पुष ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको दुईदलीय संयन्त्रले संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्