आजको मौसम: गण्डकीमा हिमपातको सम्भावना: कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०८१, बिहीबार
1 Min Read
Aa
l;dsf]6, !* dªl;/M x'Dnfdf lxdkft ???????? ?????? ???????? ePsf] ?????? ? lxdkftkl5 cToflws lr;f]sf sf/0f hghLjg si6s/ ag]sf] 5 . ??????: bfg] ?????÷????

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रवार बेलुकादेखि बदली र वर्षा हुने सम्भावना छ । बिहीवार गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा सामान्य बदली र हिमपातको सम्भावना रहे पनि देशभर सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीवार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

- Advertisement -
Ad imageAd image

शुक्रवार बेलुका भित्रने प्रणालीले देशैभर बदली हुने र सुदूरपश्चिम, कर्णाली प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको छ । शनिवार काठमाडौं उपत्यकामा पनि सामान्य वर्षाको सम्भावना छ । पुसे झरी हुने भएकाले चिसो बढ्दै जाने छ ।

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर बिहान र राति बढी चिसो हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्