पश्चिमी वायुको आंशिक प्रभावका कारण ४ प्रदेशको मौसम पूर्णतया बदली, केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बीनि प्रदेश र कोसी प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली छ । देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र पूर्वी तराईका धेरे भूभागमा हुस्सु र थोरै भूभागमा अलिे कुहिरो लागेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

- Advertisement -
Ad image

आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भु-भागमा एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ र बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्