शान्तिपूर्ण वातावरणमा मतदान सकियो, झन्डै ६२ प्रतिशत मत खस्यो, कीर्तिपुर र ग्रामथानसहितका केही स्थानमा आजै गणना हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०८१, आईतवार
1 Min Read
Aa
कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखकाे लागि आइतबार भएकाे मतदान सम्मपन्न भएपछि मतगणनाका लागि निर्वाचन आयाेग, राजनीतिक खलका प्रतिनिधि र सुरक्षाकर्मीले मतपेटिका पाेकाे पार्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं – स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको हो।

निर्वाचन आयोगले तोकेको समय सीमा सकिएको र देशभरका उपनिर्वाचन भएका स्थानमा मतपेटीका संकलन लगायतको काम भइरहेको जानकारी गराएको छ । मतदानमा करिब प्रतिशत ६२ मत खसेको आयोग ले जनाएको छ ।

- Advertisement -
Ad image

आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकासहितका केही स्थानमा आजै साँझबाट मतगणना सुरु हुनेछ । अन्य केही स्थानमा भने भोलि बिहानमात्र मत गणना हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्