मंसिर ०१ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०८१, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ मंसिर ०१ गते शनिबार ई.सं.२०२४ नोभेम्बर १६ नेपाल सम्बत ११४५ कछलागा पारु प्रतिपदा, मंसिर कृष्ण पक्ष, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, परिघ योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:२६ बजे भयो भने सूर्यास्त साँझ ०५:१२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सुखदायी रहने देखिन्छ । बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । केही चुनौती खडा भएपनि प्रतिस्पर्धामा अघि परिनेछ । स्वास्थ्य पनि सबल रहनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । मिठो भोजन प्राप्ति र यात्रागत कार्यमा सफलता मिल्नेछ । अनुकूलता वृद्धि हुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): धेरै श्रम तर कममात्र प्रतिफल पाइने दिन छ । भएको आम्दानी सञ्चय गर्न मुस्किल पर्ने देखिन्छ । तर तपाईंका विचारले धेरैलाई आकर्षण गर्नेछ भने प्रशंसकहरू बढ्नेछन् । सहयोगीजनले काममा साथ दिनेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । चोरी वा ठगीमा पर्ने येग रहेकोले आज विशेष सावधानी अपनाउनु हितकर होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नुपर्ला, तर विजय तपाईंकै पक्षमा हुनेछ । मौकाको फाइदा उठाउन अलिक जोडबल लगाउनुपर्नेछ । जिम्मेवारी वा दायित्व बढ्ला । परिवारजनमा खर्च पनि वृद्धि हुने सम्भावना छ । आफन्तजनबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता वा विवेकले शान्ति प्रदान गर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दौडधुप केही बढेपनि नयाँ काम र जिम्मेवारी हातपर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ भने सामाजिक क्रियाकलपमा मन जानेछ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । व्यापार तथा उद्योगतर्फ पनि फाइदा नै हुने योग छ । साथीभाइको सहयोगले सुखको भाव वृद्धि गराउनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन शुभदायी रहला । प्रशंसकहरू बढ्नेछन्, सहयोगीहरूले काममा साथ दिनेछन् । आज आर्थिक क्रियाकलापमा राम्रै फाइदाको योग छ । विगतको श्रमबाट पनि धन लाभ हुने देखिन्छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइएला । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग फलदायी भेटघाट होला । प्रेमभावका साथै दामपत्य सुख बढ्नेछ । आरोग्यता रहनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धि र सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आफन्तको साथले पराक्रम बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । ब्यर्थको दोडधुपमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउने सम्भावना छ । तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । संयमताले विजयी तुल्याउला । परिवारजनको साथ रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तताका साथसाथै सामर्थ्य वृद्धि हुने समय छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् भने इष्टदेवको पूजा-उपासनाले लाभ दिलाउनेछ । आजको दिन केही विवादमा परिने योग रहेकोले बोली-व्यवहारमा विशेष सावधानी अपनाउनुहोला । आजका लागि लेनदेनबाट पनि सकभर बचेकै राम्रो । दाम्पत्य जीवन समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आजको दिन अलि सावधानी अपनाउनु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम सम्पादन हुनेछन् । बौद्धिक क्रियाकलापमा संलग्नता रहला । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका मिल्नेछ । आर्थिक अभावले भने केही सताउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने प्रयत्नले सार्थकता पाउन सक्छ । व्यस्तता केही वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्योन्नतिको समय छ । नयाँ काममा कदम अघि बढाउन सकिनेछ । पराक्रम तथा उत्साह बढ्नुका साथै धनआर्जनको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने देखिन्छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । आरोग्यता रहला । प्रतिष्पर्धी परास्त हुनेछन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । आर्थिक उपार्जनमा सुधार आउला । कतै आतिथ्यपूर्ण सम्मान मिल्ने देखिन्छ । अलिक बाध्यताका काममा जुट्नुपर्ने परिस्थिति पनि देखापर्ला । प्रतिस्पर्धी परास्त हुनेछन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने देखिन्छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न प्रयत्न गर्नु उचित हुनेछ । आरोग्यता रहनेछ । साझेदारीको काम बन्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्