कार्तिक १८ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०८१, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ कार्तिक १८ गते आईतबार ई.सं.२०२४ नोभेम्बर ०३ नेपाल सम्बत ११४५ कछलाथ्व द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल द्वितीया, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सौभाग्य योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:१५ बजे भयो भने सूर्यास्त साँझ ०५:१८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन मन नलागेको कामको बाध्यताले आलमलमा पार्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा पछि परिने सम्भावना छ । अस्वस्थताले काममा बाधा पुऱ्याउने योग रहेकोले विशेष सावधानीका साथ कदम बढाउनुहोला । कृषिसम्बन्धी काममा चाप बढ्ला । तथापि, तपाईंको मेहनत खेर जाने छैन, धन आर्जन हुने समय छ । मित्रजनको साथ र मिष्ठान्न भोजनको अवसर जुर्ला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): काममा केही चुनौती देखिए पनि मेहनतले लाभ नै दिलाउला । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा पनि फाइदाकै योग छ । आयआर्जनका स्रोत बढ्ने समय छ । वादविवादको सामना गर्नुपर्ने देखिन्छ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना रहेकोले विशेष सचेतनाका साथ व्यवहार गर्नु हितकर होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय शुभदायी छ । शत्रु र रोगबाट छुटकारा मिल्न सक्छ । मुद्दा-मामिलामा पनि विजयी भइएला । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ, तर नियमित व्यवसायिक कर्ममा आवश्यक सतर्कता नपुग्नाले काममा व्यवधान पैदा हुन सक्छ, सावधान रहनुहोला । नवीन अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने दिन छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कामको प्रस्ताव आउनसक्ने र सहयोगीहरू प्रशस्तै भेटिने समय छ । कामबाट सजिलै फुर्सद पाइनेछ भने प्रसन्नता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । टाढिएका सन्तानलाई अभिभावकको सम्झनाले सताउन सक्छ । धनार्जनको योग छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा लाभ पुग्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय भएपनि नयाँ योजना कार्यान्वयनमा केही चुनौती खडा हुन सक्छ । आफू केही कमजोर भएको अनुभूति होला । तथापि, व्यवसायमा लगानी बढाउन सकिनेछ भने व्यापारमा विशेष फाइदा हुनेछ । परिवारजनको सेवामा समय दिन नसकिएला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय छ । महत्वपूर्ण कार्यमा भने अस्वस्थताले ढिलासुस्ती हुन सक्छ । स्वास्थ्यको विशेष ख्याल गर्नु हितकर होला । केही खर्चको योग छ । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउने प्रयत्न गर्नु उचित होला । मनोरञ्जनमा अलमलिनाले लक्ष्यप्राप्तिमा बाधा पुग्न सक्छ, सचेत रहनुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित होला । कर्मको उचित प्रतिफल पाइने तथा विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । तपाईंका कामबाट धेरैलाई फाइदा पुग्ने योग छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विगतका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहला । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । घरपरिवारबाट सुखशान्ति मिल्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । समग्रमा दिन राम्रै रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन धेरैजसो समय सानातिना घरेलु काममै अल्झनुपर्ला । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ, जसले नियमित कार्यमा प्रभाव पार्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । ज्यादा प्रयत्नका बाबजुद उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । नसोचेको ठाउँमा पैसा खर्च होला । व्यर्थको खर्चले मन पिरोल्न सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । रसरागको भाव वृद्धि हुनेछ । लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धाको सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ, आफ्नै प्रयत्नले काम बन्ने योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नेछ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु अघि बढाउनु हितकर हुनेछ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । सोखले खर्च बढाउन सक्छ । यात्रागत कार्यमा विशेष लाभ होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बन्नाले मन उत्साहित रहला । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । धन संग्रहको योग छ । मानसम्मान पाउनुका साथै आम्दानी बढ्ला । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ, सचेत भइ व्यवहार गर्नु उचित हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्