कार्तिक १३ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ कार्तिक १३ गते मंगलबार ई.सं.२०२४ अक्टोबर २९ नेपाल सम्बत ११४४ कौलागा द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण द्वादशी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, ब्रद्म योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:११ बजे भयो भने सूर्यास्त साँझ ०५:२२ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुन नसक्ने त होइन, तर विगतका समस्या बल्झिन सक्ने समय छ । व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुने योग रहेकोले अत्यन्त सचेतनाका साथ कर्म गर्नु उचित हुनेछ । नजिकका मित्रको सहयोग रहनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम र आरोग्यता बढ्नेछ । शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, ध्यान राख्नुहोला । संघर्षबाट अधिकार स्थापित गर्न सकिनेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन केही चुनौतीयुक्त रहला । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । तथापि, समाजको हितमा राम्रै काम गर्न सकिएला । सामाजिक क्षेत्रमा कुनै महत्वपूर्ण जिम्मेवारी हात पर्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्ने समय छ । इर्ष्यालुजनले काममा बाधा सिर्जना गर्न सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । स्वास्थ्य सबल रहला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आर्थिक पक्ष पनि सबल बन्नेछ भने प्रेमको बन्धन पनि कसिने समय छ । आजको दिन सवारीसाधनको प्रयोगमा भने विशेष सावधानी अपनाउनुपर्ला । आश्वासन दिनेहरूको भर नपर्नु हितकर हुनेछ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग छ, ध्यान राख्नुहोला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न चाहिँ केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । कार्यगति र आयबल बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सामर्थ्य वा कर्मबल वृद्धि हुनेछ, तर बाध्यताका काममा जुट्नुपर्ने समय छ । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ, ध्यान राख्नुहोला । पुरानो सम्झौता भङ्ग हुने सम्भावना छ । आजको दिन पति वा पत्नीका माध्यमबाट कर्ममा सहयोग पुग्नेछ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । यात्रागत काम गर्नुछ भने आज थाती राख्नु उचित हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । आशा देखाउनेहरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आजको दिन खर्च घटाउन विशेष प्रयत्न गर्नु उचित होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): ब्यस्तता बढेपनि लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । तर, प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन पनि सक्ने योग छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आम्दानी बढ्नेछ भने प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद रहला । आजको दिन स्वास्थ्यस्थिति भने केही कमजोर रहेको अनुभूति हुन सक्छ । पढाइलेखाइमा प्रगति हुनेछ, तर व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । खेलकूद तथा भ्रमण कार्यमा आकर्षण रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): काम बिग्रने भयले सताएपनि प्रयत्न गरेका काम सफल हुनेछ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित परिणाम भने अझै मिल्न नसकेको अनुभूति होला । न्यून उपलब्धिमा पनि चित्त बुझाउने प्रयत्न गर्नु हितकर हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिने समय छ । गुरुजनको विशेष सहयोग जुट्ने देखिन्छ । आरोग्यता रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन गलत व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । सरकारी कडिकडाउको सिकार भइने योग छ । अधिकार सुरक्षा गर्न विशेष मिहिनेत लगाउनुपर्ला । शोख पूरा गर्नमा खर्च हुनेछ । प्रेमभाव वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्