काठमाडौं – अर्लिङ हालान्डको दुई गोल सहयोगमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले यो सिजनको च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायम राख्दा बुधबार सम्पन्न खेलमा स्पार्टा प्रागलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
फिन फोडेनको गोलमा घरेलु टोलीलाई खेलको तेस्रो मिनेटमा अग्रता दिलाउँदा पहिलो हाफमा एक शुन्यले अगाडी रहेको सिटीले दोस्रो हाफमा ४ गोल गर्दा ५८ औं मिनेटमा हालान्डले पहिलो गोल गर्दा जोन स्टोन्सले ६४ औं मिनेटमा टोलीका लागि अर्को गोल थप्दा फेरि हालान्डले एक गोल थपे भने खेलको अन्त्यतिर म्याथेयस नुनेसले पेनाल्टीबाट पाँचौ गोल गरेका थिए ।
यो जितसँगै ३ खेलमध्ये दुईमा जित र एक बराबरी खेलेको सिटी ७ अंक सहित तेस्रो स्थानमा रहँदा ४ अंक भएको स्पार्टा प्राग भने २१ औं स्थानमा छ ।
यस्तै गएराती नै सम्पन्न अर्को खेलमा विंगर राफिन्होको ह्याटि्रक मद्दतमा स्पेनीस क्लब बार्सिलोनाले जर्मन महारथी बार्यन म्युनिखमाथि गोल वर्षा गरेको छ । च्याम्पियन्स लिगमा दुई महारथीको भिडन्त बार्सिलोनाले ४-१ को बाजी मारेको हो ।
यो जितसँगै ३ खेलबाट ६ अंक जोडेको बार्सिलोना लिगको दशौं स्थानमा रहँदा समान खेलबाट ३ अंक जोडेको बार्यन भने २३ औं स्थानमा सिमित बनेको छ ।


प्रतिक्रिया दिनुहोस्