बीपी राजमार्गमा आजदेखि सवारी साधन चल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउँदैछ । पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक राजमार्ग असोज ११ गतेको वर्षा र बाढीले तहसनहस भएको थियो ।

बाढी र पहिरोले तहसनहस भएको बीपी राजमार्ग अस्थायी रुपमा बनाइसकेर आजदेखि पुनः सञ्चालनमा आउने भएको हो । अहिले बिहान १० बजेदेखि गाडीहरू निर्वाध रूपमा चलाउन सकिने गरी मर्मतकार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले जनाएका छन् ।

- Advertisement -
Ad image

शर्माको नेतृत्वमा प्राविधिक टोली फिल्डमै खटेर काम गरिरहेको छ, र बाढीपहिरोले क्षतिग्रस्त ठाउँहरूमा कल्भर्ट निर्माण गरेर र खोला डाइभर्सनमार्फत मर्मतकार्य सम्पन्न गरिएको छ ।

काभ्रेको चौकीडाँडादेखि नेपालथोकसम्म रोशी र सुनकोशी नदीमा आएको बाढीले विभिन्न ठाउँमा राजमार्गलाई ठुलो क्षति पुर्‍याएको थियो ।

विशेष गरी नेपालथोक खुर्कोट सडकखण्डमा पहिरो र नदी कटानका कारण यातायात ठप्प भएको थियो । तर, अहिले ती ठाउँहरूमा काम सकिएकोले दशैंमा यात्रुहरूलाई सहज यात्रा मिल्ने र अन्य वैकल्पिक सडकमा सवारी चाप र जोखिम पनि कम हुने मन्त्रालयले बताएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्