काठमाडौँबाट दसैँका यात्रु लिएर सिन्धुली जाँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँबाट दसैँका यात्रु लिएर सिन्धुली जाँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ प्रदेश–३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस खाँडदेवी गाउँपालिका–३ भीरपानीमा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

- Advertisement -
Ad image

दुर्घटनामा सिन्धुलीको सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षीया युनिषा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्