काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम ब्राइटनसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
ब्राइटनको जितमा यान्कुबा मिनटेह, जर्जिन्हो रटर र डानी वेलब्याकले एक एक गोल गरेका थिए। त्यसैगरी टोटनह्यामका लागि ब्रेनान जोन्सन र जेम्स माडिसनले एक एक गोल गरेका थिए ।
ब्राइटनको यो यस सिजनमा तेस्रो जित हो । ७ खेलमा यो जितपछि १२ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ। त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा तेस्रो हार हो । टोटनह्यामको ७ खेलमा १० अंक रहेको छ र लिगमा नवौं स्थानमा छ।
म्यानचेस्टर युनाइटेड र चेल्सी आ-आफ्नो खेलमा बराबरीमा रोकिंदा टोटेनह्याम भने अप्रत्यासित हारको सिकार भएको छ।
यसैगरी आईतबार राति भएको खेलमा भिल्ला पार्कमा युनाइटेड एस्टन भिल्लासँग गोलरहित बराबरीमा रोकियो। त्यस्तै अर्को खेलमा चेल्सी नोटिङ्घम फरेस्ट सँग १-१ गोलको बराबरीमा रोकिन पुग्यो।
म्यान्चेस्टर युनाइटेडको बराबरीले प्रशिक्षक एरिक टेन हागलाई सम्भावित वर्खास्तीको सम्भावनालाई केही धकेलेको अनुमान गरिएको छ। मार्कस राशफोर्डले भिलाका गोलकिपर एमी मार्टिनेज विरुद्ध गोलका केही अवसर सदुपयोग गर्न सकेनन्। खेल अवधिभर सिमित अवसरमा गोल हुन सकेको थिएन्।
त्यस्तै अर्को खेलमा चेल्सीले १-० ले पछि परेको अवस्था उल्टाएर कम्तिमा एक अङ्क हासिल गर्यो। खेलमा नोटिङ्घमले क्रिस वुडको गोल मार्फत ४९ औ मिनेटमा अग्रता लिएको थियो। तर चेल्सीले नोनी मडुएकेको गोलमार्फत खेल बराबरीमा ल्याएको थियो। स्टामफोर्ड ब्रिजमा तनावपूर्ण बनेको खेलमा ७८ औ मिनेटमा १० खेलाडीमा समेटिएको थियो।


प्रतिक्रिया दिनुहोस्