असोज १४ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०८१, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असोज १४ गते सोमबार ई.सं.२०२४ सेप्टेम्बर ३० नेपाल सम्बत ११४४ ञंलागा त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण त्रयोदशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शुभ योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:५६ बजे भयो भने सूर्यास्त साँझ ०५:५० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिन सके महत्वपूर्ण योजना अघि बढाउन थप सहयोग पुग्ला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन शुभदायी छ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेमा नयाँ काम प्रारम्भ गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन्, साथै नाम र दाम हातपार्ने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुने योग छ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने समय छ । व्यापारमा मनग्य लाभ हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । स्वास्थ्यमा भने केही कमजोरी अनुभूति हुनसक्छ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग पनि छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी सोचविचार गर्नुपर्ने समय छ । आजको दिन तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धाको योग छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । रोकिएका काममा पसनः प्रयत्न गरे सफल होइनेछ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द दिलाउला । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ भने अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । तथापि, इर्ष्या गर्नेहरूबाट सावधान रहने यत्न गर्नु हितकर होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ कामको प्रस्ताव आउने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । धन आर्जन हुने योग छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्न चाहे सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन आश मारेको काम बन्नाले उत्साह जाग्ने देखिन्छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर, अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । छरछिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्ने योग छ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ, ध्यान राख्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्ने समय छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूको भर पर्दा धोका मिल्ने योग छ । व्यापार-व्यवसायमा ठूलो उपलब्धि हासिल गर्न अझै समय कुर्नुपर्ला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बोली र व्यवहारको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । मेहनत गर्दा पहिले रोकिएको कामको प्रतिफल प्राप्त हुनेछ । फलदायी यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । आश्वासन दिनेले झुक्याउन सक्छन्, सचेत रहनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुने देखिन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन केही चुनौतीयुक्त रहला । आज नातेदार एवम् नजिकका मित्रसँग असमझदारी पैदा हुन सक्छ । सामान्य आर्थिक समस्या पनि पर्न सक्छ । सवारीसाधनको उपयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ, ध्यान राख्नुहोस् । प्रतिकुलताका बाबजुद धन कमाउने अवसर मिल्ने देखिन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विचार र व्यवहारले धेरैलाई प्रभावित पार्न सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् भने मान-सम्मान पाइनेछ । तथापि, गरिरहेको काममा केहि समस्या पर्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । व्यस्तता वृद्धि होला । आरोग्यता रहनेछ । आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्