उत्तरपूर्वी अरब सागरमा फैलिएको न्यून चापीय रेखाको प्रभाव थपिंदा आज पनि देशभर वर्षाको जोखिम !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – बिहीबार मध्याह्नदेखि सुरु भएको शनिबार साँझदेखि कमजोर बनेको वर्षामा देशभर मनसुनी वायुसँगै भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावसँंगै उत्तरपूर्वी अरब सागरमा फैलिएको न्यून चापीय प्रणालीको समेत प्रभाव देखिएको छ ।

आईतबार बिहान पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली हुनाका साथै कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले पनि हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

- Advertisement -
Ad image

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आईतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्