असोज ०१ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असोज ०१ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्दशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, भदौ शुक्ल चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, धृति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:५० बजे भयो भने सूर्यास्त साँझ ०६: ०५ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अंशियारबीच भागबण्डाको समय छ, पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने योग छ । विश्वासपात्रले धोका दिन सक्छन्, सावधान रहनुहोला । मिहिनेतअनुसार परिणाम हात पर्न मुस्किल छ, धैर्य राख्नुहोला । इष्टमित्रको सहयोग रहनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन चुनौतीले भरिएको छ । सबैका बीच भएर पनि एक्लोपनाको अनुभूति हुन सक्छ । विवाद, धनहानि, अनावश्यक लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने योग छ । सामाजिक प्रतिष्ठामा पनि कमी आउन सक्छ, ध्यान राख्नुहोला । काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला । खर्च वृद्धिका साथै आर्थिक अभावले सताउन सक्छ । यात्रापरक काम भने बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन केही चुनौतीयुक्त छ । पारिवारिक समस्याहरू देखापर्ने सम्भावना छ भने साझेदारीको काममा विवाद पैदा होला । अध्ययन तथा अध्यापनको स्तर खस्कने देखिन्छ । तथापि परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । तर्कशक्ति बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुने समय छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम बन्नेछन् भने विद्यार्थीहरूका लागि अनुकूल समय छ । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अतिरिक्त आम्दानी बढ्ने समय छ । रचनात्मक कार्यमा रुचि बढ्नेछ । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सचेत रहनुहोला । परिवारिक सुख वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय भएपनि आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नसछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । आफन्तजनसँग मनमुटाव बढ्न सक्छ । स्वास्थ्यको दृष्टिकोणले समय खासै अनुकुल नरहला । सन्तानसुख र आरोग्यता रहनेछ । बौद्धिक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्ने सम्भावना छ । झुटा आरोप आइलाग्ने योग छ, सावधान रहनुहोला । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय अनुकूल देखिन्छ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै धन कमाउने अवसर जुट्नेछ । प्रेम वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने दिन छ । शिक्षामा राम्रो प्रगति होला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने योग छ । जीवनसाथी र सन्तानका तर्फबाट सुख मिल्ला । यात्रागत कार्यबाट दीगो लाभको अवसर जुट्नेछ । साथीभाइको साथ मिल्नेछ । पराक्रम र आरोग्यबल बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएका काम बन्न थाल्नेछन् । व्यापार–व्यवसाय विस्तार हुनेछ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । विश्वासमा पारेर धोका दिनेहरूले सताउने चेष्टा गर्ने योग रहेकोले कार्यमा विशेष सावधानीको दरकार छ । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । सोच्ने शक्ति वृद्धि होला । कुरा काट्नेहरुले प्रशंसा गर्नेछन् । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा र मानसम्मान वृद्धि होला । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले कामहरू सहजै बन्नेछ भने विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइएला । शिक्षा र साझेदारीमा फाइदा हुने योग छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन मिश्रित फलदायी रहला । स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना छ । बुद्धि-विवेकको उपयोग खासै गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ, सावधान रहनुहोला । नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय शुभदायी छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् भने रोजगारीको अवसर मिल्ने योग छ । मानसम्मान पनि मिल्नेछ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आयआर्जनका स्रोत बढ्नेछन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिने समय छ । आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने योग छ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्