भदौ २८ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०८१, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ २८ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर १३ नेपाल सम्बत ११४४ ञंलाथ्व दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल दशमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सौभाग्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:४८ बजे भयो भने सूर्यास्त साँझ ०६:१० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका काम बन्ने र दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउला । सुखद यात्राको योग पनि छ । अनुकूलता वृद्धि भइ मन उत्साहित रहनेछ । इष्टमित्रको साथ-सहयोग प्राप्त हुने र आमोदप्रमोदमा रम्ने माहोल पैदा हुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । आम्दानी बढ्नेछ भने विभिन्न भौतिक साधन जुट्नेछन् । विभिन्न अवसरले पछ्याउने योग छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । दाम्पत्य जीवन रमाइलो रहला । आँट वृद्धि हुनेछ भने पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही चुनौतीयुक्त रहन सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला, सावधान रहनुहोस् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । तथापि, शत्रुमाथि विजय प्राप्त हुने योग छ । विवेकले काम गर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय खासै अनुकुल नभएकोले आजको दिन बाध्यतापूर्ण काममा बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्ने योग भएकोले विशेष सजगताको खाँचो छ । नजिकका साथीभाइ टाढिन सक्छन् । आफन्तहरू पनि टाढिएको अनुभूति हुन सक्छ । तथापि, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । सन्तानसुख बढ्ला । रसराग, खेलकुद र भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सहयोगीहरू जुट्नाले काममा उत्साह थपिने दिन छ । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । मान प्रतिष्ठा कमाउने बेला छ । राजनीति तथा सामाजिक कार्यमा सक्रिय व्यक्तिका लागि प्रसिद्धि बढ्ने योग छ । खर्च भने केह िवृद्धि हुनेछ । व्यस्तता बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आफ्नो प्रतिभा अरूलाई देखाउन सकिने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । रोकिएका काम बन्नेछन् । पराक्रम वृद्धि हुनेछ भने यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइ एवम् आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति भइ सोचेजति काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछ । हतारको निर्णयले धोका हुन सक्छ, काममा सचेत रही निर्णय गर्नुहोला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु हितकर हुनेछ । पारिवारिक सुख रहनुका साथै मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बौद्धिक कार्यबाट धनलाभ हुने समय छ । प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन् भने रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काममा पाइला बढाउनु लाभकारी सावित हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने योग पनि छ । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समय लाभदायक देखिन्छ । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । सहयोगीहरूले साथ र हौसला दिने समय छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । प्रेमभाव वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन खासै उत्साहजनक नरहन सक्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्ने योग रहेकोले विशेष सावधान रहनु उचित हुनेछ । व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । प्रयत्न गर्दा अरूको मन जितेर अवसर हात पार्न सकिनेछ, ध्यान राख्नुहोला । परिवारिक सुख र आफन्तको साथ मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढ्नेछ तर सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने समय छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्ने हुँदा विशेष सावधानी अपनाउनु उचित हुनेछ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ला । घरायसी समस्याले पनि सताउन सक्छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने योग छ । रचनात्मक कार्य बन्ने देखिन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): लेनदेनमा विवाद एवम् व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले मात्र बन्नेछन् भने खर्च वृद्धि र पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने योग रहेकोले विशेष सावधान रहनु हितकर होला । धर्मकर्ममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्