भदौ २५ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ २५ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल सप्तमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, विषकुम्भ योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:४६ बजे भयो भने सूर्यास्त साँझ ०६:१३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): जाँगर वृद्धि हुनुका साथै मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिनेछन् । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, तर बौद्धिक कार्यबाट थोरै भए पनि लाभ मिल्ला । केही चुनौती देखिए पनि गरिरहेको कार्यमा प्रयत्न गर्दा धनलाभ होला । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम बन्नेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन केही चुनौतीयुक्त रहला । परिवारजनमा असमझदारी बढ्ने सम्भावना छ, साथै मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सावधानीपूर्वक कार्य गर्नु उचित होला । कसैसँग वादविवादको सम्भावना भएकोले सचेतनापूर्ण व्यवहार अपेक्षित छ । चोटपटकको योग भएकोले हातहतियारबाट जोगिएर काम गर्नुहोला । प्रेमभाव वृद्धिका साथै सन्तानसुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता वृद्धि हुनेछ । आजको दिन सफलताको लागि कठोर मिहेनत गर्नुपर्ला । काममा झमेलाको सामना गर्नुपर्ने योग छ । काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । जागीरमा पनि समस्या देखापर्न सक्छ, सचेत रहनुहोला । राजनीतिमा बर्चस्व बढाउन सकिने छ । भ्रमणमा खर्च बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्त हुने समय छ । आजको दिन महत्वपूर्ण काम पूरा हुन सक्छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पर्न सक्छ । पढाइलेखाइमा भने मन नजाने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आर्थिक दृष्टिले शुभदायी दिन छ । आम्दानीको नयाँ श्रोत फेलापर्ला । ठूला व्यक्तिको विश्वास जित्न सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापार–व्यवसायमा पनि फाइदाको योग छ । प्रायः सबै कामहरू बन्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अजको दिन चुनौतीयुक्त रहला । भाग्यले त्यत्ति साथ नदिनाले परिश्रम बढ्ने तर परिणाम खास नमिल्ने देखिन्छ । धनको नाश हुने, अनावश्यक विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने योग रहेकोले अत्यन्त सचेतनाका साथ व्यवहार गर्नु उचित हुनेछ । घरायसी सम्पत्तिको चिन्ताले सताउनुका साथै विगतमा गरेको कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ, धैर्यताको दरकार छ । आरोग्यता रहने छ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) लगानी बढ्ने तथा सकारात्मक कार्यमा खर्च वृद्धि हुने समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन मिल्ला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । रसरागमा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सोचेका काममा सफलता मिल्ने समय छ । धन आर्जनका बाटाहरु खुल्ने योग छ । आजको दिन खुशीसाथ बित्ने देखिन्छ । परिवारमा पनि सुखको माहोल रहला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ । योजना र बजेट बनाएर मात्र खर्च गर्नु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): परिवारमा खुशीको माहोल छाउने दिन छ । नयाँ ठाउँको सुखद यात्राको योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय मध्यमस्तरको छ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । तर, आजको दिन कुनै नयाँ समाचारले खिन्नता बढ्न सक्छ । सोचेअनुरुप काम हुन मुस्किल नै पर्ला । अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय भएपनि गर्छु भनेर सोचेको काममा आज बाधा पुग्न सक्छ । अरुको काम धेरै गर्नु पर्ला, तर जश पाउने सम्भावना कमै रहनेछ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर तपाईंलाई कुनै हानी पुग्नेछैन । ब्यस्तता बढ्ला । कार्यसफलताका साथै मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । बन्दव्यापारबाट लाभ मिल्नेछ भने पढाइमा पनि सफलता मिल्नेछ । स्वास्थ्य सवल नै रहनेछ । नयाँ काम वा योजनामा ध्यान दिए सफलता नै मिल्ने देखिन्छ । प्रेमभाव र रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्