आज मिति वि.सं.२०८१ भदौ २१ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर ०६ नेपाल सम्बत ११४४ ञंलाथ्व तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल तृतीया, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, शुक्ल योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:४५ बजे भयो भने सूर्यास्त साँझ ०५:१८ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीयुक्त देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन भने अनावश्यक हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ने योग छ । मन दुविधाग्रस्त रहला । सामाजिक कार्यमा भने सफलता र नाम मिल्नेछ । स्वास्थ्य पनि सवल नै रहनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): वैवाहिक जीवन सुखी हुने, प्रेम र मित्रताको बन्धन कसिने समय छ । चल-अचल सम्पत्तिको कारोबार हुनेछ । विभिन्न सहयोग एवम् उपहार पाइने र रमाइलो यात्रा पनि हुन सक्ने देखिन्छ । काम बन्नाले मन रमाउला । मान्यजनको सहयोग हासिल हुनुका साथै बुद्धिको उपयोगले सकारात्मक दिशा पहिल्याउन सकिनेछ । प्रेमभाव बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक कार्य तथा परोपकारकारका क्षेत्रमा मन आकर्षित हुने समय छ । दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, व्यवसायमा पनि लाभ मिल्नेछ । आकस्मिक धनलाभको योग छ । मिष्ठान्न भोजनको अवसर आउनेछ । मित्रजनसँग सुखद भेटघाट होला । नसोचेको काम बन्ने देखिन्छ, प्रयत्न गर्नुहोला । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): खर्च र विवाद बढ्ने तथा शत्रुपक्षले सताउने योग रहेकोले आजको दिन विशेष सजगता अपनाउनु हितकर होला । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुन सक्छ, सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने दिन छ । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु उचित हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुने समय छ । दिन रमाइलै रहला । धनजन वृद्धि हुने तथा ठुला ब्यक्तिसँग भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अनौठो खबर सुन्न पाइने योग छ । आरोग्यता रहला । रसरागका कार्यमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै महत्वपूर्ण कार्यमा सफलतमा मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ साथी-संगीसँग भेटघाट तथा चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ भने रोकिएका अधुरा कामहरु आज सम्पन्न हुन सक्छन् । आयआर्जन तथा धनलाभको योग छ । रमाइलो यात्राको सम्भावना छ । मन हर्षित रहला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पराक्रम बढ्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन मिश्रित फलदायी रहला । नयाँ काम पाउने योग छ, तर आजको दिन कुनै पनि नयाँ कार्य थालनी नगर्नु हितकर हुनेछ । धन आर्जनको सम्भावना छ, कृषिको कामबाट विशेष लाभ होला । लेनदेको काम आज नगरेकै वेश हुनेछ । पाहुना आगमनको दिन छ, साथै रमाइलो यात्राको पनि सम्भावना छ । आयबल बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल बढ्नेछ तर आजको दिन खासै उत्साहजनक नरहला । व्यर्थको खर्च र स्वास्थ्यमा समेत गडबडीकोे सम्भावना रहेकोले खानपानमा विशेष सजक रहनु उचित हुनेछ । अनावश्यक खर्च र प्रेम सम्बन्धमा पनि धोका हुने योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । योजना र बजेट बनाएर मात्र कार्य गर्नु उचित हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज मन केही दुविधाग्रस्त रहला । ठूलो सहयोगको आशा देखाउनेले धोका दिन सक्छन्, सचेत रहनुहोस् । नियमित कार्यमा सफलता मिल्नेछ । आहारविहारमा विशेष सतर्क रहनुपर्ने समय छ । स्वास्थ्यगत अवरोधका कारण सोचेको काम समयमै सम्पन्न नहुन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन उत्साहजनक रूपले बित्ने देखिन्छ । खर्च भन्दा कमाई नै बढी हुनेछ भने धन आर्जनका नयाँ बाटा खुल्न सक्छन् । कृषिक्षेत्रमा अलिक लगानी र परिश्रम गर्नुपर्ने देखिन्छ । परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । आफन्तजनसँगको भेटघाटले मनमा उल्लास छाउनेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सजिलैसँग काम बन्ने समय छ । विलासी कार्यमा इच्छाशक्ति बढ्नेछ भने अध्ययन/अध्यापन कार्यमा पनि सहजता आउला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । धनलाभ होला । पारिवारिक सुख मिल्ने र जाँगर वृद्धि हुने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन केही चुनैतीयुक्त रहला । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा पनि केही मनमुटाव होला । वादविवादको सामना गर्नुपर्ने योग छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलताप्राप्तिमा सकस पर्न सक्छ । समयको ब्यर्थै नास हुने योग छ । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विश्वास गरेकाले धोका दिनसक्छन्, सचेत रहनुहोला ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्