भदौ १८ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ १८ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर ०३ नेपाल सम्बत ११४४ गुंलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण औंसी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, सिद्ध योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०५:४३ बजे भयो भने सूर्यास्त साँझ ०५:२१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यवसाय विस्तारका लागि यात्राको अवसर जुट्ने समय छ । मान र विद्या प्राप्त होला । सोच्दै नसोचेको माध्यमबाट धनलाभ हुने योग छ, तर आर्जित धन सञ्चित नहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाजुभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्नेछ । रोकिएको काम सुचारु हुने देखिन्छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन थोरै उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । नयाँ काममा हात हाल्दै हुनुहन्छ भने केही समय पर्खनु उचित होला । स्वास्थ्यमा सामान्य कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । नचिताएको ठाउँमा धन खर्च हुने योग छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ तर सहयोगीहरूले हात झिक्नाले केही समस्या पर्न सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ काममा हात हाल्ने समय आएको छ । तर, शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले अवसर गुम्न सक्छ तर मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शुभदायी समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, ध्यान राख्नुहोला । खर्च वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन सेवामूलक कामबाट यश मिल्नेछ भने व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । पढाइलेखाइमा सामान्य प्रगति होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । व्यवसायमा आयआर्जन राम्रै होला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्ने योग भएकोले सावधानी अपनाउनुहोला । सामान्य अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउने सम्भावना पनि छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दौडधुप बढ्नेछ भने कठोर मिहिनेतले रोकिएको काम बन्ने समय छ । प्रतिभाको कदर होला । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ भने प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिने योग छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सहयोगीहरूले फाइदा दिलाउने र मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । तर अरूको मात्र भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइने योग छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । तथापि, मान्यजनसँग असमझदारी बढ्न सक्छ । रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु हितकर होला । आज कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । प्रतिकुलताका बाबजुद साहस भने बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय भएपनि महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइने योग छ । स्वास्थ्यगत रूपमा भने आज केही कमजोर भएको अनुभूति हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कामबाट फुर्सदिलो बनेको अनुभूति होला । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ भने रोकिएका काम पनि दोहो¥याएर प्रयत्न गर्नु उचित होला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । आफन्तको साथ मिल्नेछ । मिठो भोजनप्राप्ति र सुख विलास बढ्ने योग छ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्