आज मिति वि.सं.२०८१ भदौ १७ गते सोमबार ई.सं.२०२४ सेप्टेम्बर ०२ नेपाल सम्बत ११४४ गुंलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण औंसी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शिव योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०५:४३ बजे, सूर्यास्त साँझ ०५:२२ बजे हुनेछ
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मेहनतले सम्मानित स्थान दिलाउने समय छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । स्वास्थ्य सबल रहनेछ । आजको दिन आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्नैलागेको काम अचानक बिग्रन सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । स्वास्थ्य केही कमजोर रहन सक्छ । पठनपाठनमा समय दिन नसकिएला । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने दिन छ । विभिन्न उपहार प्राप्त हुन सक्छ । आर्थिक पक्ष सुदृढ बन्नेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने योग छ । कीर्तिमानी काम सम्पादन होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला ।सहयोगीहरूले साथ दिनेछन्, काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । पराक्रम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कर्मबल बढ्नेछ । बोलीको प्रभाव बढ्ने समय छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । पारिवारिक सुख बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पारिवारिक सहयोग प्राप्त हुने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका जुर्ला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्ने योग छ । दोधारको अवस्था सिर्जना हुनसक्छ । स्वास्थ्य केही कमजोर रहला । यात्रामा सफलता प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दौडधुपका साथै जोखिम वृद्धि हुने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुने योग छ, तर आजको लाभांश सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने सम्भावना छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिवारिक सुख बढ्नेछ भने रोकिएको काम बन्ने समय छ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । सुख–सुविधाको बस्तुमा खर्च होला । शत्रुलाई जित्ने क्षमता बढ्ला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): भाग्योन्नतिको समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउने दिन छ । ब्यवसायमा पनि राम्रै लाभ हुनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमात आकर्षित हुने काम सम्पादन गर्न सकिएला । खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउला । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकोले सजग रहनुहोला । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यस्तता बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुने समय छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्नेछ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सचेतनाको दरकार छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम बढ्नेछ । व्यक्तिगत प्रशंसाका साथै विभिन्न उपहार प्राप्त हुने समय छ । व्यक्तित्व प्रखर बन्नेछ भने नयाँ काम गर्ने अवसर प्राप्त हुने योग छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्