प्रहरीमा ३० वर्षे सेवाअवधि कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सर्वाेच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरी नियमावलीको प्रावधान कार्यान्वयन नगर्न आदेश दिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ समेतले वारिसमार्फत बुधबार दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले सरकारमाथि गम्भीर प्रश्न तेर्स्याउँदै अन्तरिम आदेश दिएको छ ।

- Advertisement -
Ad imageAd image

न्यायाधीश फुयालको एकल इजलासले प्रहरी नियमावलीको नियम १२७ (घ) बमोजिमको ३० वर्षे अवधिको आधारमा सेवाबाट अवकास हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू नगराउनु र त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू नगराउनू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्