आज मिति वि. सं.२०८१ साउन १२ गते शनिबार ई.सं.२०२४ जुलाई २७ नेपाल सम्बत ११४४ दिल्लागा सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण सप्तमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, धृति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५:२४ बजे भयो भने सूर्यास्त साँझ ०६:५६ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कर्मबलका साथै भाग्यबल बढ्नेछ । घरपरिवार एवम् मित्रजनबाट सुख शान्ति पाइने दिन छ । अचानक धनार्जन हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने एवम् पारिवारिक समस्याको समाधान हुने समय छ । साहस बढ्नेछ र यात्रापरक काम पनि सफल होला । तर नसोचेको ठाउमा खर्च हुन सक्छ भने व्यर्थको खर्चले मन पिरोल्ला । आफन्तजनको साथ मिल्नेछ । समष्टिमा दिन ठिकै छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रियजनसँगको भेटले मन प्रफुल्ल रहने समय छ । खासगरी उत्तरार्धदेखि शुभता बढ्नेछ भने पराक्रम वृद्धि होला । शत्रुपक्ष परास्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्य सम्पन्न हुने योग छ । आफन्तमिलनले सुख दिनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दौडधुप भएपनि कामका नयाँ योजना बन्ने समय छ । आर्यआर्जनका साथै बचत हुने सम्भावना छ भने सार्वजनिक काममा आकर्षण रहला । मान, महत्व र आरोग्यता वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनुका साथै विरोधपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेमभाव बढ्ने दिन छ । धनआर्जनको सम्भावनाका साथै मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण रहनेछ । नयाँ कामको योजना बन्ने योग छ । रमाइलो तरिकाले काम गर्न पाइएला । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन केही चुनौती बढ्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्ला । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । चोटपटकको सम्भावना रहेकोले जोगिन विशेष सचेतना अपनाउनु हितकर हुनेछ । उत्तरार्धदेखि भने शुभता बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): स्वास्थ्य सवल रहने तथा काममा जाँगर बढ्ने समय भएपनि जागिरको काममा केही डर हुनेछ । आर्थिकलाभको योग छ । धन मान महत्व बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । वर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहला । कामको सिलसिलामा यात्रा पनि हुन सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन मनोरञ्जनपूर्ण रहला । कामबाट फुर्सद पाइनेछ भने मनमा प्रसन्नता मिल्नेछ । पराक्रम वृद्धि होला । परिवारिक सुख बढ्ने र रोकिएको काम बन्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । सुख–सुविधाको वस्तुमा खर्च हुन सक्छ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आरोग्यता रहनेछ भने मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । अप्रत्याशित रूपले लाभ हुने योग छ । काममा मन जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अनावश्यक झमेलामा पर्ने एवम् केही हानीसमेत हुन सक्ने समय छ । पीडा दिएर सताउन खोज्नेहरू सक्रिय रहलान् । स्वास्थ्यको विशेष ख्याल गर्नु हितकर होला । प्रतिकुलताको अनुभूति भएपनि कर्मबल र साहस भने बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्न सकिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन शुभदायी छ । धन आर्जनको दृष्टिले पनि राम्रो समय छ । मान्यजनसँगको भेटले उत्साह जागृत गराउला । कसैबाट समर्थन मिल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नुका साथै बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आर्थिक क्षेत्रमा उन्नति हुने समय छ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्ता सफल हुनेछ । सुख–विलासमा मन जाला । जस्तोसुकै समस्याको समाधान मिल्ने योग छ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्