आज साउनको पहिलो सोमबार: पशुपतिनाथ सहित देशभरका शिवालयमा भक्तजनको भीड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ। त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो।

- Advertisement -
Ad image

शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो। साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर काठमाण्डौको सुन्दरीजलस्थित बागमतिको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ।

साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्