कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं – आज कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान् महाशाखाले अहिले देशभर साधारणतया बदली रहेर कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको र दिउँसो कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ ।

- Advertisement -
Ad image

यस्तै आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

पाल्पाको अर्चलेमा रहेका वर्षामापन केन्द्रमा ठूलो वर्षा मापन भएको छ । अर्चलेमा तीन घण्टामै ८१ दशमलव २ मिलिमिटर पानी परेको हो । यस्तै पछिल्लो तीन घण्टामा काठमाण्डौको कपन र सिन्धुपाल्चोकको बाँसखर्कमा पनि ठूलो पानी परेको छ ।

काठमाडौंको कपन, सुन्दरीजल र आसपासमा तीन घण्टामै ठूलो पानी परेकाले बाग्मती, धोविखोला र विष्णुमतीमा पानीको वहाव बढ्ने भएकोले नदी किनारामा सतर्कता अपनाउन बाढी पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ । यस्तै महाशाखाले आज र भोलि भेरी र पश्चिम सेती नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्