इङ्ल्यान्ड र नेदरल्यान्ड्स युरो कप २०२४ को सेमिफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौँ – स्वीजरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै इङ्ल्यान्ड र टर्कीलाई पराजित गर्दै नेदरल्यान्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छन।

शनिबार राति भएको क्वार्टरफाइनलमा स्वीटजरल्यानडलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै गर्दै इङ्ल्यान्डले अन्तिम चारमा स्थान पक्का गरेको हो। टाइब्रेकरमा इङ्ल्यान्डका सबै प्रहार सफल भए। टाइब्रेकरमा कोले पालमर, जुड बेलिङ्घम, बुकायो साका, इभान टोनी र टे«न्ट एलेक्जेन्डरले गोल गरे।

- Advertisement -
Ad image

स्वीटजरल्यान्डका फावियन, हेर्डन साकिरी, जेकीले गोल गर्दा म्यानुअल अंकाजीको पहिलो प्रहार विफल भयो। त्यसअघि खेलको निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

निर्धारित समयको ७५ औँ मिनेटमा ब्रिल इमबोलोको गोलमा स्वीटजरल्यान्डले सुरुवाती अग्रता टाबनाएको थियो। तर ८० औँ मिनेटमा बुकायो साकाको गोलमा इङ्ल्यान्ड खेलमा फर्किएको थियो। तर त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो।

यस्तै शनिबार राति नै भएको अन्तिम क्वार्टरफाइनलमा टर्कीमाथि २–१ को पुनरागमन जित निकाल्दै डच टोली अन्तिम चारमा पुगेको हो।

योसँगै युरो कपको सेमिफाइनल समिकरण पूरा भएको छ। नेदरल्यान्ड्सले सेमिफाइनलमा इङ्ग्ल्यान्डको सामना गर्नेछ। खेलको ३५ औँ मिनेटमा समेत अकायदिनको गोलमा टर्कीले सुरुवाती अग्रता बनाएको थियो।

तर खेलको ७० औँ मिनेटमा स्टेफन डेभ्रिजको गोलमा डच टोली खेलमा फर्किएको थियो। खेलको ७६ औँ मिनेटमा मर्ट मल्डुरको उपहार गोलमा नेदरल्यान्ड्सले अन्तिम चारको यात्रा तय गरेको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्