कुशल भुर्तेल एक्लैले चार विकेट लिएपछि दक्षिण अफ्रिका नेपाल सामु १ सय ११५ रनमै सिमित, नँया इतिहास नजिक नेपाल !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०८१, शनिबार
1 Min Read
Aa
ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Rohit Paudel of Nepal and Aiden Markram of South Africa take part in the coin toss prior to the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौँ – टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।

टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

- Advertisement -
Ad image

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।

कुशल भुर्तेलले पनि ४ विकेट हात पारे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए ।

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्